ललितपुरको चापागाउँक्षेत्र 'सिल' : संक्रमितको संख्या १९, दुईको मृत्यु

ललितपुरको चापागाउँक्षेत्र 'सिल' : संक्रमितको संख्या १९, दुईको मृत्यु

ललितपुर : गोदावरी नगरपालिकाको चापागाउँ क्षेत्र 'सिल' गरिएको छ। बुधबार नगरपालिकाको ११ वडाका ६६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएसँगै चापागाउँ क्षेत्र सिल गरिएको हो । हाल उनको परिवारका सम्पूर्ण सदस्यलाई घरैमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पीसीआर रिपोर्ट नआएसम्म सिल जारी राखिने नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप दुईजनामा कोरोना संक्रमण पुष्टि गरेका थिए।


संक्रमित ३० वर्षीय पुरुष महालक्ष्मी नगरपालिकाका हुन् । उनी असार १३ गते साउदी अरबबाट फर्किएर क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पत्रकार सम्मेलनमा अर्का पुरुष पनि संक्रमित भएको भनिए पनि उनको बारेमा प्रष्ट भइनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ललितपुरमा बुधबार मात्रै सातजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा महानगरपालिकाका पाँचजना थिए । सातदोबाटोका, थसिखेलका, हात्तिबनका, नखिपोटका ३४, ३३, २३ र ३३ वर्षीय र थसिखेलका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको होत्यस्तै महालक्ष्मी नगरपालिका ८ टिकाथलीका २३ वर्षीय युवा र गोदावरी नगरपालिकाका ६६ वर्षीय पुरुष थिए ।

हालसम्म कोरोनाबाट ललितपुरमा दुईजना पुरुषको मृत्यु भइसकेको छ। एकजना बुंगमती २२ का ५७ वर्षीय पुरुष ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जेठ १२ गते मृत्यु भएको थियो । उनमा कलेजोको संक्रमण रहेको र मादक पदार्थको लतमा परेका जनाइएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका थिए । उनको मृत्युपछि मात्रै कोरोना पोजिटिभ देखिएको थियो । त्यस्तै अर्का महालक्ष्मी नगरपालिकाका पुरुषको मृत्यु भएको थियो । मृगौलाका रोगी थिए।

हालसम्म ललितपुरमा मात्रै १९ जनामा कोरोना पुष्टि भइसकेको स्वास्‍थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले बताए ।उनले समुदायमा कोरोना फैलिएको हुनसक्ने भन्दै सचेतना अपनाउन सुझाएका छन् । बुधबार संक्रमण देखिएकाहरु कतै बाहिर नगएको र कसैको सम्पर्कमा नरहेको देखिएको छ। स्वास्‍थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वरका अनुसार किड्नीको समस्याका कारण उनी हालसालै मेडिसिटी अस्पतालमा नियमित परीक्षणका लागि गएको बुझिएकोछ।

ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार भइरहेको छ । अहिलेसम्म उक्त अस्पतालमा आठ सय ९९ जना भर्ना भएका छन् भने हाल ७५ जना आइसोलेनमा छन् ।
 ९२ वेड क्षमता रहेको पाटन अस्पतालमा विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसारको सुविधा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.