गुल्मीमा पहिरोले पुरिएर एकको मृत्यु, चार घाइते, दुई बेपत्ता

गुल्मीमा पहिरोले पुरिएर एकको मृत्यु, चार घाइते, दुई बेपत्ता

गुल्मी : पहिरोमा पुरिएर गुल्मीमा एक जनाको ज्यान गएको छ । गएराति परेको अविरल वर्षाका कारण पहिरो जाँदा इस्मा गाउँपालिका १ हस्तीचौर गुल्मीका १८ महिनाका सिजन सारुको मृत्यु भएको हो ।

घटनामा अरु चार जना गम्भीर घाइते छन् । साथै दुई जना बेपत्ता छन् । घर माथिबाट आएको पहिरोले बंगालो बगाएको र पुरिएर बालकको ज्यान गएको स्थानीयले बताएका छन् । परिवारका अन्य सदस्य भागेर जोगिएका छन् ।

हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । पहिरोमा पुरिएर ७ वर्षीया अपेक्षा खत्री बेपत्ता भएकी छन् । ईश्वरा खत्रीको जीवीत नै उद्धार गरिएको छ । उनको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.