प्युठानमा टिपर दुर्घटना, दुई जनाको मृत्यु

प्युठानमा टिपर दुर्घटना, दुई जनाको मृत्यु

प्युठान : चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ। लुप्लुङ चुनढुङ्गा खानीबाट शुभश्री अग्नी सिमेन्ट उद्योग कालेकाटे दाङतर्फ जाँदै  गरेको ना ७ ख ८९३८ नम्बरको टिपर शनिबार बिहान ९ बजेतिर सरुमारानी गाउँपालिका -६ स्थित मोतिपुर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

दुर्घटनामा नौबहिनि गाउँपालिका-६ का  चालक रोशन थापा र जोगबहादुर पुनको मृत्यु भएको हो। ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। टिपर झण्डै ३ सय मिटर तल माडी नदिमा खसेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.