दुदुली लेकमा पहिरो : महिलाको ज्यान गयो

दुदुली लेकमा पहिरो : महिलाको ज्यान गयो

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिका-७ माल्कोटको लेकाली क्षेत्र दुदुलीमा पहिरो जाँदा एक महिलाको ज्यान गएको छ। माल्कोटका भैँसी चराउने लेक दुदुलीमा शनिबार पहिरो जाँदा ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो।

भैँसी गोठालो गएकी बटाला पानी लिन जाँदै गर्दा पहिरोसँगै बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए। उनका अनुसार उनी भैँसी गोठबाट पानी लिन जाँदा बीचबाटोमा पहिरो खसेर पहिरोसँगै बगेकी थिईन्। उनको घटना स्थलमै मृत्यू भएको र प्रहरी चौकी कुमालगाँउबाट घटना स्थलमा प्रहरीको टोली पठाईएको छ। पहिरोमा भएको क्षेतीको थप बिबरण आउन बाँकी छ। शुक्रबार बेलुकीदेखी आएको निरन्तर बर्षका कारण कालिकोटको जनजीवन प्रभावित बनेको छ। नरहरीनाथ गाउँपालिका-७ को वडा कार्यालय पनि पहिरोले पुरिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.