'जागिरपछिको जीवन पनि प्रहरीकै श्रीवृद्धिका लागि समर्पण गर्छु'

'जागिरपछिको जीवन पनि प्रहरीकै श्रीवृद्धिका लागि समर्पण गर्छु'

परासी : प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले जागिरपछिको जीवन पनि प्रहरीकै श्रीवृद्धिका लागि समर्पण गर्ने बताएका छन्। पश्चिम नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाको निरीक्षण एंव आधुनिक (स्वचालित) प्रवेशद्धारको उद्घाटन गर्न शनिबार त्यहाँ पुगेका आईजीपी ज्ञवालीले आफूले ३० वर्षे लामो सेवा प्रहरी संगठनमै बिताएकाले बाँकी जीवन पनि प्रहरीकै लागि समर्पण गर्ने बताएका हुन्।

आइजीपी ज्ञवालीले असार २४ गतेबाट अवकाश लिदैं छन्। 'मैले ४ दिनपछि सेवाबाट अवकाश लिदैँछु। सेवामा रहँदा संगठनको विकास र सुदृढिकरणका लागि मेरो क्षमताले भ्याएसम्म गरे अब बाँकी जीवन पनि यही संगठनको सहयोगका लागि रहन्छ' उनले भने। नेपाल प्रहरीले नियमित कामबाहेक पनि अन्य काममा महत्वपूर्ण योगदान दिदैं आएकाले अवकाशपछि पनि आफ्नो विवेक र राष्ट्रले सम्झेको बखत जहिले पनि सहयोग गर्न तयार रहेको उनले बताए। पछिल्लो पटक देखिएको सीमा विवादबारे उनले भने 'कोभिड–१९ को नियन्त्रणमा जसरी नेपाल प्रहरी अग्रपंक्तिमा छ, सीमा रक्षाको लागि पनि त्यसरी नै अग्रपंक्तिमै रहन्छ' उनले भने।

सुनवल नगरपालिकाको ५ लाख आर्थिक सहयोग र श्रमदानबाट बनाइएको १६ लाख बराबरको स्वचालित प्रवेशद्धार र अधिकृत कक्षको आइजीपी ज्ञवाली र नगरप्रमुख भीम बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। कार्यक्रममा महाविद्यालयका प्रचार्य एंव वरिष्ठ प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले ७५ विगाहा क्षेत्रफलमा फैलिएको महाविद्यालयमा निर्माण भएका भौतिक संरचना र अन्य संरचनाका बारेमा जानकारी गराएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.