सप्तरीमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो
राजविराज : सप्तरीमा थप ३४ जनामा कोरोना पोजिटिभ पुष्टि भएसँगै संक्रमितको संख्या ३०३ पुगेको छ । हनुमानगर कंकालिनी नगरपालिकामा १६ जना, डाकनेश्वरी र खडक नगरपालिकामा ५/५ जना, छिन्नमस्ता गाउँपालिकामा ४ जना, महादेवा गाउँपालिकामा २ जना, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकामा १/१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म हनुमाननगर कंकालिनी नगरपालिकामा ५४, बलान बिहुल गाउँपालिकामा ४४, तिलाठी कोइलाडी गाउँपालिकामा ४२, बोदे बर्साइन नगरपालिकामा ३४, छिन्नमस्ता गाउँपालिकामा २७, राजगढ गाउँपालिकामा २० जना संक्रमित भएका छन् ।
यसैगरी डाक्नेश्वरी नगरपालिकामा १७, राजविराज नगरपालिकामा १५, महदेवा गाउँपालिकामा १४, सुरुङ्गा नगरपालिकामा १३, खडक नगरपालिकामा ७, अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकामा ४/४ जना, कञ्चनरुप, शम्भुनाथ र सप्तकोशी नगरपालिकामा २/२ जना, रुपनी र विष्णुपुर गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् ।
संक्रमित थप भएका ३४ जनालाई राजविराजस्थित साईकृष्णा आइसोलेशन केन्द्रमा ल्याउने क्रम भइरहेको छ । सप्तरी जिल्लामा कोरोना जितेर निको हुनेको सङ्ख्या १ सय ३९ पुगेको छ ।