खातामा राखेको व्यक्तिको रकम बैंक प्रबन्धकबाटै अपचलन

खातामा राखेको व्यक्तिको रकम बैंक प्रबन्धकबाटै अपचलन

काठमाडौं : नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाले  आर्थिक अनियमितता गरेको तथ्य बाहिर आएको छ। शाखा प्रबन्धक कोइरालाले व्यक्तिगत टेलर आइडी र सिस्टम सुपर युजरको दुरुपयोग गरी ५४ लाख ८४ हजार ४५ रुपैयाँ आफ्नो खातामा सारेर मासेको पाइएको छ।  

तत्कालीन शाखा प्रबन्धक कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्य गरी भ्रष्टाचारजन्य कार्य गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा परेको थियो। 

अख्तियारको अनुसन्धानमा नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाई समेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर युजर (विद्युतिय माध्यम)को दुरुपयोग गरेका थिए।

शाखा प्रबन्धक कोइरालाविरुद्ध नेपाल सरकारकोसमेत स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडबाट आफ्नो विभिन्न खातामा जम्मा गरी गराई आफूले सो रकम खाइमासी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ। 

उनीविरुद्ध ५४ लाख ८४ हजार ४५ रुपैयाँ विगो कायम गरिएको  छ।  कोइरालाविरुद्ध ६ देखि ८ वर्ष कैद सजाय तथा हानीनोक्सानी गरी खाइमासेको बिगो रकम  असुल उपर गरी पाउन मागदाबी  भनी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.