आँपको प्रलोभन देखाइ बालिका बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

आँपको प्रलोभन देखाइ बालिका बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

जनकपुरधाम : ११ वर्षीय कंचन कुमारी पजियार गत बुधबार सधैझैं घरबाट भैंसी चराउन आँपको बगैचामा गएकी थिइन् । तर, उनी घर कहिल्यै नर्फिने गरी गइन्।दुई दिनपछि कंचनको शव घरभन्दा एक किलोमिटर जति टाढा दुधमति नदीको छेउमा फेला पर्यो ।  

जनकपुरधाम उपमहानगरपालिका -१९ कुर्था बस्ने विनोद पंजियारकी छोरी कंचनको शव भेटेको तीन दिनपछि प्रहरीले बालिकाको बलात्कार पछि निर्मम हत्या गरिएको सार्वजनिक गरेको छ ।  साथै दोषिलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलमा कंचनको हत्या भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चायत बण्डाखेराका ३२ वर्षीय दिपु सिंहले गरेको सार्वजनिक गरेको छ । 

गाउँकै चौधरी र मिश्र इन्डष्ट्रिजमा पछिल्लो ४÷५ महिना अगाडिदेखि काम गर्न आएका सिंहले कंचनलाई भैंसी चराउँदै गरेको देखेपछि आँप दिन्छु भन्ने प्रलोभन देखाएर ललाई फकाई आफूसँग लगेका बताइएको  छ। इन्डष्ट्रिको पछाडि पट्टीको आँप बगैचाको एकान्त कुनामा लगी सिंहले बलात्कार गरेको र घटना सार्वजनिक हुने डरले मुख थुनी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

 
हत्यापछि शव सोही ठाउँमा लुकाएर सिंहले आफूले प्रयोग गर्दै आएको ब्ल्यांकेट ल्याइ त्यसमा बेरेर हत्याको भोली पल्ट बिहीबार दुधमती नदीको छेउमा शव फालेका थिए । शव लुकाउन प्रयोग गरेको ब्ल्यांकेट शव देखि पश्चिम ५० फिटको दूरीमा दिलिप चौधरीको धानबाली खेतमा फालेर माथिबाट माटोले पुरेर इन्डष्ट्रिमा काम गर्न फर्केका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा सिंहलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । 

अभियुक्त सिंहले कंचनको बलात्कार र हत्या गरेको स्वीकार गरिसकेको र उनीमाथि आवश्यक कारवाही अघि बढाइएको उपरीक्षक बस्नेतले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.