तिलिचो सडक र घरपझोङ रिङरोडको ३ करोड ७८ लाख फ्रिज

तिलिचो सडक र घरपझोङ रिङरोडको ३ करोड ७८ लाख फ्रिज

जोमसोम : विश्वकै अग्लो उचाइमा अवस्थित तिलिचो ताल जोड्ने बेसक्याम्प सडक र घरपझोङ गाउँपालिका रिङरोड सडकको चालु वर्ष विनियोजित ३ करोड ७८ लाख बजेट फ्रिज भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड-१९)ले निम्त्याएको बन्दाबन्दी तथा उक्त सडकको वातावरणीय प्रभाव मूल्याङकन ( ईआईए ) तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन (आई ईई ) नहुँदा बजेट फ्रिज हुन पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख ओमराज ढुङ्गानाले बताए ।

गण्डकी प्रदेशको बहुवर्षीय गौरवको आयोजनाअन्तर्गत घरपझोङ -५ ठिनी ,नमखुलेक हुँदै तिलिचो बेसक्याम्प जोड्ने सडकको ६५ लाख र जोमसोम,ठिनी,ढुम्बाताल,मार्फा ,छैरो र चिमाङ लगायतका गाउँ जोड्ने रिङरोडको ३ करोड १४ लाख बजेट फ्रिज भएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०७६/०७७ का लागि बिनियोजित तिलिचो बेस क्याम्प सडकको पुरै ६५ लाख बजेट फ्रिज भएको हो भने  घरपझोङ रिङरोडको बिनियोजित ५ करोड बजेटमध्ये ३ करोड १४ लाख फ्रिज भएको हो । रिङरोडको चालु वर्ष १ करोड ८६ लाखको मात्र काम भएको कार्यालय प्रमुख ढुङ्गानाले बताए । 

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमको संरक्षित क्षेत्रमा पर्ने दुबै सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन (आईईई )र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) मापदण्ड पुरा नभएकाले पनि सडक निर्माणमा समस्या देखिएको हो ।

 पूर्वाधार विकास कार्यालय म्याग्दीले दुबै सडकको नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागमा ईआईए मापदण्ड पूरा गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यालयले आईईई र ईआईए सडक बिस्तारको कामलाई संगै अघि बढाउने जनाएको थियो ।यस्तै , सरकारले कोभिड-१९ को सक्रमणकालिन अवस्थामा पनि पूर्वाधार विकासको कामलाई अघि बढाउने जनाएको र स्थानीय प्रशासनले पनि कोभिड-१९ रोकथामका लागि विभिन्न शर्त पालना गरी विकासको काम गर्न निर्माण व्यवसायीलाई आह्वान गरेको थियो । 

तर ,स्थानीय प्रशासन ,पालिका ,वडा र निर्माण व्यवसायीबीच विकासको काम अघि बढाउन छलफल भएपनि बन्दीबन्दीको अवस्थामा स्थानीयबासीले विकासको काम अघि बढाउन नदिने जनाएपछि सडक बिस्तारको काम रोकिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालय प्रमुख ढुङ्गानाले गण्डकी प्रदेशको संसदबाट वातावरण संम्वन्धि विधेयक पारित भएकाले ईआईएकै कारण सडकको काम अघि बढाउन समस्या नपर्ने र प्रदेशबाटै ईआईए स्वीकृत गर्ने स्पष्ट पारे । उनले कोरोना कहर साम्य भएपछि दुबै सडक बिस्तारको कामलाई प्राथमिकता दिईने उल्लेख गरे ।

विश्वकै अग्लो उचाईको तिलिचो सडक विस्तारमा विवाद उत्पन्न भएको थियो । मनाङको ङिस्याङ गाउपालिकाले मुस्ताङतर्फको संरक्षित क्षेत्रमा अन्धाधुन्द  सडक विस्तार गरेको र त्यसले वातावरणलाई दुरगामी प्रभाव पार्नसक्ने भन्दै सडक बिस्तारको काम रोक्न एक्याप जोमसोममा उजुरी दर्ता गराएको थियो । मनाङले उक्त स्थानमा सडक बाटो नभई पदमार्गकै रुपमा रहनुपर्ने अडान लिएको छ । 

यसअघि साविक जिल्ला विकास कार्यालयले उक्त बाटो खन्न पहल गरेको थियो । त्यससमय  ठिनी देखि माथि करिव २ किमी सडक बिस्तार भएको थियो । मुस्ताङको ठिनी हुँदै तिलिचो बेश क्याम्प जोड्ने सडक तिलिचो पदमार्ग सडक हो । घरपझोङ रिङरोड सडक राउण्ड अन्नपूर्ण चर्किय पदमार्गअन्र्तगत पर्ने एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहाले जानकारी दिए ।

घरपझोङ रिङरोडका लागि २१ करोड ४३ लाख १३ हजार लागत अनुमान गरिएको छ । थाक ५ गाउ जोड्ने उक्त रिङरोड सडकको काम बन्दना भगवती ,जलजला जेभीले जिम्मा लिएको थियो । रिङरोडको जोमसोम देखि ढुम्बाताल सडकको स्तरोन्नति ,सडक चौडा तथा ढुम्बासम्म ५ किमी कालापत्रे गर्ने योजना छ । आर्थिक वर्ष ०७८ साल असार मशान्तसम्म सम्पन्न गर्ने लक्ष भएपनि रिङरोडको २० प्रतिशत सम्पन्न भएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.