सडक विभागका अवकाश प्राप्त सुपरिटेन्डेन्टविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा

सडक विभागका अवकाश प्राप्त सुपरिटेन्डेन्टविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा

काठमाडौं  : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर (हाल अवकाश प्राप्त) चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोगत अनुसन्धान आयोगले  उनीविरुद्ध १ करोड ८५  लाख ११ हजार विगो कायम गरेको छ। 

उनले भ्रष्टाचार गरेर आर्जन गरेका अवैध सम्पत्ति पत्नी राधाकुमारी र छोरी आँचलको नाम जग्गा खरिद, घर निर्माण गरेका पाइएको छ। उनी करिब चार दशकको सार्वजनिक सेवामा रहेका थिए । सोही समयमा उनले अकुत सम्पत्ति आर्जन गरेका हुन्। यादव २०३६ मंसिर २ मा सुनसरी ९ मोरङ्ग सिंचाइ विकास समितिमा ओभरसियर पदबाट सार्वजनिक सेवा प्रवेश गरेका थिए।  २०४७ असार १२ मा इन्जिनियर पदमा स्थायी नियुक्ति भएका थिए। त्यसपश्चात विभिन्न कार्यालयमा कार्यरत रही २०७४ फागुन १६ मा सुपरिटेन्डेट इन्जिनियरको पदबाट अवकाश प्राप्त गरेका  अख्तियारले जनाएको छ। 

सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले पदमा रहँदा गैरकानूनी सम्पति आर्जन गरेको भन्ने आयोगमा दर्ता हुन आएको र अनुसन्धान हुँदा अकुत सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। सार्वजनिक सेवामा प्रवेश भएदेखि अवकाश प्राप्त हुँदासम्मको अवधिमा उनले पारिश्रमिक वचत आय २७ लाख ४६ हजार, दुर्गम तथा स्थानीय भत्तावापतका ३ लाख ८ हजार, कृषि आय  २६ लाख ८५ हजार, कर्जा आय ३६ लाख ५६ हजार ९००, कर्जा आल्या मौज्दात ८ लाख ७७ हजारसमेत गरी १ करोड २ लाख ७४ हजार आर्जन गरेका थिए ।  

सोही अवधिमा पत्नी राधाकुमारी र छोरी आँचलको नाममा दर्ता कायम रहने गरी जग्गा खरिदमा ३२ लाख २४ हजार लगानी गरेका छन्। त्यस्तै घर निर्माण एवं घरको फर्निचर, इलेक्ट्रिकल समाग्रीसहितमा ९२ लाख ८३ हजार, कर्जा चुक्ता प्रयोजनमा ३१ लाख ४८ हजार, कर्जा बैंक मौज्दातमा ८ लाख ७७ हजार, पुँजिगत लाभकरमा ५० हजार,  छोरी आँचल र छोरा आभुषणलाई चिकित्सा शास्त्र (एमबीबीएस) अध्ययनसमेतको शैक्षिक खर्चमा ८० लाख ५९ हजार¸ शेयर खरिदमा १५ हजार ७० लगानी परेको पाइएको छ। 

नेपाल एसवीआइ बैंक लि. मा रहेको खाता नं १७७१५२४०००६६९० मा एकैदिन ४ पटक गरी जम्मा भएको स्रोत नखुलेको रकम ३५ लाख ५० हजार  र  बैंक खातामा मौज्दात ५ लाख ७८ हजारसमेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानी गर्नमा उनले २ करोड ८७ लाख ८६ हजार  खर्च तथा लगानी गरेको देखिएको छ।
 
चन्द्रनारायणको वैध आय १ करोड २ लाख ७४ हजार छ। आयभन्दा बढी खर्च गरेको १ करोड ८५ लाख ११ हजार बराबरको सम्पत्तिको स्रोत खुलेको छैन। उनीविरुद्ध दुई वर्ष कैद तथा बिगो बमोजिम जरिबाना गरी गैरकानुनी सम्पत्तिसमेत जफतको माग दावी गरिएको छ। उनकी श्रीमती राधाकुमारीसमेतको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.