जोमसोम बसपार्क कालोपत्रे : ५ वर्षमा आधामात्रै काम

जोमसोम बसपार्क कालोपत्रे : ५ वर्षमा आधामात्रै काम

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा निर्माणाधीन बसपार्क कालोपत्रे पूर्वनिर्धारित समयमा पूरा नहुँदा जोमसोम आउने सवारीसाधन पार्किङ व्यवस्थापनमा समस्या भएको छ। सम्झौता अवधि २ वर्ष ६ महिना रहेको जोमसोम बसपार्क कालोपत्रेको काम ५ वर्षमा आधा प्रगति भएको छ।

बसपार्कको जग्गा सम्याउने, केही स्थानमा पर्खाल लगाउने र सववेश मिलाउने लगायत काम सम्पन्न भएको छ। तर ,बसपार्कको बाँकी कामले निरन्तरता पाउन नसक्दा बसपार्क निर्माण ओझेलमा परेको हो। साविक डिभिजन कार्यालय बाग्लुङले २०७३ सालमा २ करोड ५१ लाखमा ठेक्का टेन्डर गरेको थियो। उसले बसपार्कको विस्तृत परियोजना प्रतिप्रतिवेदन डीपीआर तयार गरेको थियो। बसपार्कको क्षेत्रफल २ सय मिटर लम्बाई १ सय मिटर चौडाई रहेको भए पनि लागत स्टमेटले नथेग्ने भएपछि लम्बाई र चौडाईतर्फ २५ मिटर क्षेत्रफल घटाइएको थियो।

जोसोाम बसपार्क निर्माणका लागि डिभिजन कार्यालयमार्फत १ करोड बजेट निकासा भएको थियो। त्यो रकमले बसपार्कको संरचना निर्माणको काम अघि बढाएको थियो। त्यसपछि बसपार्कको कुनै काम अघि बढ्न सकेन। संघीयता कार्यान्वयन पूर्व सुरुआत भएको जोमसोम बसपार्क त्यसपछि डिभिजन कार्यालय खारेज हुदाँ बसपार्क निर्माणको काम ओझेलमा पर्‍र्यो। बहुवर्षिय आयोजनाको रुपमा सुरु गरिएको बसपार्क त्यसपछि संघीयतापछि सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले लियो। बसपार्कलाई १ करोड बजेटपछि इकाईमा जिम्मेवारी सरेपछि नयाँ बजेट निकासा भएन।

बसपार्क निर्माणको ५ वर्र्ष पुग्दा चालु वर्षको सुरुआतमा ५ लाख बजेट राखियो। उक्त रकम बसपार्क निर्माणका लागि पर्याप्त थिएन। बसपार्क बनाउने जिम्मा लिएको रोशन अमित जेभीले तोकिएको बजेटबाहेक थप ४५ लाख बराबरको क्रेडिट काम गरेको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका इन्जिनियर सुशील आर्चायले बताए। चालु आर्थिक वर्षको उत्तरार्धमा फेरि ६५ लाख थप गरी ७० लाख पुर्‍याइयो। निर्माण कम्पनीको क्रेडिट काटेर अहिले पुन बसपार्कको अधुरो काम सुरु गर्न लागिएको छ।

यस्तै ,आर्थिक वर्ष २०७७÷०७८ मा जोमसोमको निर्माणाधीन बसपार्कलाई ५० लाख बजेट विनियोजन भएको छ। उनका अनुसार चालु बजेटले ७० प्रतिशत काम पूरा हुने र अर्को वर्षको दसैंमा बसपार्क कालोपत्रेको टेन्डर आह्वान हुने जनाए। आगामी आर्थिक वर्षको वैशाखसम्म जोमसोम बसपार्क कालोपत्रे हुने उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.