पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
ललितपुर : पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक डा. विष्णु शर्माले मृतक ती पुरुषमा कोरोना भाइरज पोजिटिभ देखिएको जानकारी दिए। गोरखाको भीमसेन गाउँपालिका २ का २७ वर्षीय ती युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए।
उनको सोमबार राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। मृतकको शव व्यवस्थापन कार्य नेपाली सेनाको राजदल गणको टोलीले गर्ने भएको छ।