ओलीको समर्थन गर्दै मुस्ताङमा प्रदर्शन

ओलीको समर्थन गर्दै मुस्ताङमा प्रदर्शन

जोमसोम : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा बुधबार हिमाली जिल्ला मुस्ताङमा प्रदर्शन भएको छ। जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका करिव २ सय युवाको समुहले ओली सरकार बिघटन हुन नहुने भन्दै जोमसोममा प्रदर्शन गरेका हुन्।

हजारौं सहिदको बलिदानले स्थापित नेकपाको दुई तिहाई बलियो सरकार बिखण्डन भएमा राष्ट्रिय स्वाभिमानमा खतरा उत्पन्न हुन सक्ने भन्दै नेकपाका शीर्ष नेतालाई मुस्ताङबाट खबरदारी गरिएको हो। उनीहरुले अहिले विद्यमान समस्याको निकास पार्टी एकताको विकल्प नभएको भन्दै खबरदारी गरेका छन्।  विरोध गर्ने जुलुस दुई तिहाइ सरकार बिघटन नगर्न दबावमुलक नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित जोमसोम बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय नजिक कोण सभामा परिणत भयो।

विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड-१९) ले सिर्जित जारी लकडाउनकाबीच सामाजिक दुरी कायम गर्दै नेकपा सरकारको स्थिरताको पक्षमा प्रदर्शन भएको अमित तुलाचनले जानकारी दिए। ओली सरकारको समर्थनमा भएको जनप्रदर्शनमा नेकपा समर्थित मुस्ताङका युवा नेताले सहभागिता जनाए। पार्टी फुटाउन पाइँदैन, विदेश हस्तक्षेप बन्द गर, व्यक्तिवादी सत्ताराजनीति खिचलो अन्त्य गर जस्ता नारा लगाएका थिए। उनीहरुले नेकपा सरकार बिखण्डन भए राष्ट्रियता नै खतरामा पर्न सक्ने भन्दै एकता र सहकार्यमा अघि बढ्न नेकपाका नेतालाई सुझाएका छन्।

कोणसभामा युवासंघ मुस्ताङका संयोजक रमेश गुरुङले नेकपाका नेताहरुमा व्यक्तिवादी चरित्र हावी भएकाले त्यसको अन्त्य हुनुपर्ने भन्दै खबरदारी गरे। उनले देशमा युवाहरुकै शक्तिले नेकपाको दुई तिहाइको सरकार स्थापित भएको र आपसी गुटबन्दी र बेमेलले जनताले दिएको अभिमतको दुरुपयोग हुने बताए। नेकपाका युवा नेता रिङझिङ गुरुङले नेताहरुको व्यक्तिगत स्वार्थ, पदलोलुपता र एकले अर्को पक्षलाई सिध्याउने खेलले नेकपा फुटको संघारमा रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले राष्ट्र र राष्ट्रियता अनि जनताको हितका लागि पार्टी फुट्न नहुने जनाए।

यस्तै नागरिक समाजकी प्रतिनिधि सुनदेवी रसाईलीले नेकपा सरकार असफल बनाउन र पार्टी फुटाउन नेपाली कांग्रेस उद्दत रहेको दावी गरिन्। नेकपाको दुई तिहाइ सरकार स्थापना कुनै चमत्कारिक सृजना नभएको र यसमा हजारौँ सहिदले बलिदान गरेको उनले बताइन्। उनले नेकपामा सैद्दान्तिक लडाइ नभएर व्यक्तिवादी लडाई हावी भएकाले यस्ता क्रियाकलापको अन्त्य हुन पर्ने भन्दै खवदारी गरिन्।

कोणसभामा स्वतन्त्र विद्यार्थी युनियनका सभापति रविन वानियाले यो समय सत्ता राजनीतिक लडाइँ होइन, कोरोनाविरुद्धको लडाइँ र राष्ट्रिय स्वभिमानको लडाइँ भएको बताए। उनले नेताहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गरे। कोण सभा अनेरास्ववियुका जिल्ला अध्यक्ष पेमा छेतेनले संञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.