बाढीले अवरुद्ध पूर्व-पश्चिम राजमार्गको लच्का सडकखण्ड संचालनमा

बाढीले अवरुद्ध पूर्व-पश्चिम राजमार्गको लच्का सडकखण्ड संचालनमा

रौतहट : अविरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको चन्द्रपुर पौराइ खण्डमा रातीदेखि अवरुद्द भएको सडकमा ठूला सवारी साधन संचालन हुन थालेका छन्। चन्द्रपुर २ स्थित चादी पारी रहेको लच्कामा बाढीले सडक अवरुद्ध गरेको हो । बिहीबार रातिदेखि परेको लगातारको वर्षापछि रातीबाट नै सडक अवरुद्ध भएको थियो । 

राजमार्गमा गुड्ने ठूला साधनलाई पालैपालो पास गराए पनि साना साधनलाई संचालनमा समस्या छ । बाढी केही कम भएपछि ठूला गाडीलाई पालैपालो गरी आवतजावत गर्न व्यवस्था मिलाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

लच्कामा बाढीका कारण रातीदेखि करिब ३ सयको हाराहारीमा मालबाहक ट्रक, साना जीप, कार, मोटरसाइकल र एम्बुलेन्स रोकिएका थिए । जोखिमपूर्ण रुपमा केही मानिस मोटरसाइकल गुडाएर वारपार गरिरहकेका छन् भने केहीले काँधमा साइकल बोकेर आवतजावत गरिरहेका छन्। हरेक वर्ष लच्कामा बाढी आएर यातायात अवरुद्ध हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.