पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

जोमसोम : बेनी-जोमसोम सडकको मुस्ताङतर्फ पर्ने मुख्य राजमार्ग अवरुद्ध भएको छ। बिहीबार रातिको वर्षाले मुस्ताङको थासाङ गाउपालिका-३ र ४ वडाको मुख्य सडकमा पहिरोले सडक अवरुद्ध हुँदा बेनी-जोमसोम सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

वर्षाले थासाङ गाउँपालिका-४ को तल्लो घासास्थित थाप्लाङ खोला, थासाङ-४ कै उपल्लो घासामाथि चेतन डाँडा र थासाङ गाउँपालिका-३ लेते खोला नजिक पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकुमार भट्टराईले जानकारी दिए । 

थासाङको थाप्लाङ खोलामा ठाडो खोलामा आएको बाढीले सडक पुरिएको हो ।  चेतन डाडा र लेते खोला नजिक निर्माण भइरहेको सडक माथिबाट आएको पहिरोले सडक पुरिएको थासाङका वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । पहिरोले ३ स्थानमा करिव १० मिटरदेखि १५ मिटर सडक पुरिएको छ । 

बेनी-जोमसोम सडक जोड्ने म्याग्दीको रघुगंगा गाउँपालिका गलेश्वरको अस्थायी बेलीब्रिज समेत बाढीले बगाएको छ । म्याग्दी र मुस्ताङ खण्डमा ठाउँठाउँमा आएको बाढी पहिरोले  बेनी-जोमसोम सिधा यातायात सम्पर्क बिच्छेद भएको घासा प्रहरी चौकीका इञ्चार्ज निमप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.