कोरोना भाइरस : छ जिल्ला संक्रमणमुक्त, आइसोलेसन र क्‍वारेन्टाइनमा कहाँ कति ?

कोरोना भाइरस :  छ जिल्ला संक्रमणमुक्त, आइसोलेसन र क्‍वारेन्टाइनमा  कहाँ कति ?

काठमाडौं : कोरोना संक्रमण दर घटेसँगै छ जिल्ला कोरोना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोनामुक्त रहेको जानकारी दिए।शुक्रबार कोरोना मुक्त हुनेमा मनाङ थपिएको हो।

प्रवक्ता डा.गौतमका अनुसार छ जिल्लामा ५ सय बढी कोरोना संक्रमित रहेका छन्। महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी कोरोनाका बिरामी रहेको मन्त्रालय जनाएको छ।

यस्तै सातैवटै प्रदेशका क्वारेन्टाइमा २३ हजार ९१० जना रहेका छन्।जसमध्ये प्रदेश १ मा २ हजार ८७१, प्रदेश २ मा ३ हजार ४२, बागमती प्रदेशमा १हजार ९१३ जना रहेका छन्। यसैगरी मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ४ हजार १९१, प्रदेश ५ मा ५ हजार १११, कर्णाली प्रदेशमा १ हजार ८३५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९४७ क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा.देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए

८ हजार ६०३ आइसोलेसनमा रहेका छन्। जसमध्ये प्रदेश १ मा १९२, प्रदेशमा २मा २हजार ४४,बागमती प्रदेशमा ४५७ र गण्डकी प्रदेशमा ८७१ जना आइसोलेसनमा रहेका छन् भने प्रदेश ५ मा १ हजार ६७५,कर्णाली प्रदेशमा ४०० र सुदूरपश्चिम प्रदेशमा २हजार ९६४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

यसैगरी शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो।जसमध्ये प्रदेश १ मा ४, प्रदेश २ मा २०,बागमती प्रदेशमा ५१,गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा ३ जनमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११ पुगेको छ। हालसम्म ३५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.