डुबेका साथीलाई बचाउन गएका एक युवासहित दुईको मृत्यु

डुबेका साथीलाई बचाउन गएका एक युवासहित दुईको मृत्यु

परासी : पश्चिमी नवलपरासीको बर्दघाट नगरपालिका-१५ स्थित वनकट्टी खहरे खोलामा माछा मार्न गएका दुई जनाको शुक्रबार डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँको पोटाहा गाउँ बस्ने २० वर्षीया सुधिर विक र १८ वर्षीया प्रविण विक रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता राजु लामाले जानकारी दिए। 

माछा मार्न तीन जना साथी मिलेर गएका थिए। खोलमा बाढी आएका बखत गएका मध्ये सुरूमा प्रविण चिप्लिएर डुबेका थिए। तत्काल उनलाई बचाउन खोलामा पसेका सुधीरलाई पनि डुबाएर बगाएको थियो। सँगै गएका साथीले घटनाबारे तत्काल जानकारी दिएपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी गरेको थियो। ३ घण्टापछि उनीहरूको शव खोलादेखि ५ सय मिटर तल फेला परेको नायब उपरीक्षक लामाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.