बारेकोट पहिरो : ४० घर विस्थापित, बेपत्ताको खोजी जारी

बारेकोट पहिरो : ४० घर विस्थापित, बेपत्ताको खोजी जारी

जाजरकोट : पहिरोले गाँउ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ४० घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ र गोठगाँउका ८ घर विस्थापित भएको प्रहरीले जनाएको छ  । उनीहरुलाई स्थानीय दुई विद्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट ४ सार्कीटोलका दुई घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । पाँच जना बेपत्ता छन् । 

बेपत्ताको खोजी कार्य शनिबार बिहानैदेखि जारी रहेको डिएएपी श्रेष्ठले जानकारी दिए । नेपाली सेनाको उद्धारटोली घटनास्थल पुगेर खोजी गरिरहेको छ । खराब मौसमका कारण उद्धारमा कठिनाई भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट–५ तोल्खान, कालाखोली, भैलोखान, वडा नं ४ गोठगाँउ, जिरी, मैना लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेकाले स्थानीय विद्यालयमा बस्न आग्रह गरिएको उनले बताए । 

अध्यक्ष शाहका अनुसार ती गाँउका करीब ६० घरधुरी पहिरोको जोखिममा परेका छन् । पानी परिरहेकोले स्थानीय त्रसित भएका छन् ।त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएको छ । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयले खोलामा आएको बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गम्भीर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिँहले जानकारी दिए । जिल्लाको जुनीचाँदेमा खोलामा एक जना वेपत्ता भएका छन् । भीरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा सानाखोलामा बेपत्ता भएका हुन ।

त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका थिए । घाइते दुई जनाको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर आउने भनिए पनि खराब मौसमका कारण आउन सकेको छैन । घाइते घरमै उपचार अभावमा छट्पटाइरहेको गाँउपालिका अध्यक्ष शाहले बताए । घटनास्थल बारेकोट सदरमुकाम खलंगादेखि दुई दिन पैदल दूरीमा २५ कोष उत्तरपूर्वमा पर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.