बाढीपहिरोको अवस्था बुझ्न प्रचण्ड चितवनमा : काठमाडौं फर्किएपछि प्रधानमन्त्रीसँग संवाद

बाढीपहिरोको अवस्था बुझ्न प्रचण्ड चितवनमा : काठमाडौं फर्किएपछि प्रधानमन्त्रीसँग संवाद

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्।  प्रचण्डले भरपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा शुक्रबार बाढीले भत्काएको बाँधको अवलोकन गरेका छन्। 

प्रचण्डले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराउने आश्वासन स्थानीय र बाढी पीडितलाई दिएका छन्। सँगै प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताएका छन्। 

‘म चितवन आउँनु अगाडि म प्रधानमन्त्रीसँग सल्लाह गर्ने कार्यक्रम थियो। अब चितवनबाट फर्किएपछि संवाद हुन्छ’, प्रचण्डले पत्रकारसँग कुरा गर्दै भने। बाढी प्रभावित चितवन क्षेत्र नम्बर ३ प्रचण्डको निर्वाचन क्षेत्र हो।

प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले बताएका छन् । शुक्रबार नारायणीले कटान गरेको क्षेत्रको शनिबार निरीक्षण गर्दै उनले तत्काल अस्थायी समाधानको काम भइरहेको बताएका हुन् । 

 प्रचण्डले आफू निर्वाचितपछि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथको काम अघि बढेको र अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार भएको बताए । उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको प्रष्ट पारे । बजेका लागि अर्थमन्त्रालयसँग कुरा भइरहेको उनको भनाइ छ ।  प्रचण्ड त्यहाँको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर अहिले माडीतर्फ लागेका छन्। 

प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वको विषय समाधान हुनेतर्फ कुरा अघि बढेको बताएका छन्। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँगको द्वन्द्व चर्किदै गएपछि नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतमा लाग्न समग्र पार्टी पंक्तिलाई अनुरोध गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.