कर्णाली राजमार्गको दुरदशा : वर्षा भो कि सास्ती सुरु

कर्णाली राजमार्गको दुरदशा : वर्षा भो कि सास्ती सुरु

कालिकोट : वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सास्ती सुरु भएको छ। एक हप्ता अगाडी कर्णाली राजमार्गस्थित कर्णाली राजमार्गको गल्लीमा पहिरो गयो। एक दिन सडक अवरुद्ध भयो। दैलेखको जाक्सी खोला नजिकै पहिरो गयो तीन दिन राजमार्ग अवरुद्ध भयो। दही खोलामा पहिरो गयो। एक दिन सडक अवरुद्ध भयो। एक्मुलेन्ससमेत रोकिए। नीजि गाडीमा सवार यात्रुहरु पनि बीच बाटोमै अलपत्र परे। वर्षेनी बिग्रीदै गएको सडकको स्तोरोन्नती नहुँदा यात्रुहरुले बर्षायाम सुभएसँगै सास्ती खेप्दै आएका छन्।

जिल्ला ट्राफिक कार्यालयका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डका दर्जनौँ ठाँउहरुमा पहिरोले समस्या गरेको छ। जिल्लाको सिमाना दहीखोलादेखी गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्लीलगायतका ठाँउउमा वर्षायाम सूरु भएपछि वर्षा हुँदा पहिरो खस्ने समस्या छ। बेला बेला आउने पहिरोका कारण सडक खुल्ने अवरुद्ध हुने गरेको छ। जसका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ।

जिल्लाको सेरीघाट, झाम्ला मोड, छेडा, सिम्लेगाड, पिली, राचुली लगायतका ठाँउहरुमा पनि स-साना पहिरो खस्ने समस्या छ। सुर्खेत कालिकोट ट्रक चालक सन्दीप खड्काले सुर्खेतबाट दैनिक उपभोग्य सामान तथा निर्माण सामाग्री ल्याएर कालिकोट हिड्दा गन्तव्यमा पुग्ने मुस्कील हुने गरेको बताए। उनले हिउदको समयमा एकै दिन सुर्खेतबाट कालिकोट पुग्ने भएपनि वर्षायाम लागेपछि त्यही सडकमा चार दिनसम्म लाग्ने गरेको बताए। उनले भने, ‘कर्णाली राजमार्ग राज्मार्गजस्तै छैन्। छ पाँग्रे गाडीलाई साईड दिन नपुग्ने सडकमा १० पाँग्रे गाडी पनि आउछन्। सडक पुरै खाल्डाखुल्डी र हिलाम्मे छ। कति ठाँउमा गाडी फस्ता उकास्नै दिन लाग्छ। गाडीको पनि बिजोग हुन्छ।’

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कर्णाली राजमार्गमा सकेसम्म धेरै दिन पहिरोका कारण सडक अवरुद्ध हुन नदिन सडक डिभिजन कार्यालय जुम्लाबाट एक्साभेटरको व्यवस्था गरिएको बताए। उनले भने, ‘कर्णाली राजमार्गका ठाँउ ठाँउमा वर्षासगै पहिरो खस्ने समस्या छ। पहिरो खसेपछि तत्काल पंन्छाउनका लागि सहज होस भनेर एक्साभेटर स्टेनमा राखेका छौँ। राजमार्ग दिन प्रतिदिन बिग्रिदै गएको छ। यसको सुधारका लागि सम्बन्धित निकायमा पहल पनि गरिरहेका छौँ।

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर निलाबहादुर भण्डारीले कर्णाली राजमार्गको स्तोरोन्नतीको काम भइरहेको बताए। उनले सडकले बनाउदै गरेको सडक स्थानीय तहले शाखा सडकहरु खनेर मुख्य राजमार्ग बिगारी दिदा थप समस्या भएको बताए। उनले भने, ‘राजमार्गको स्तोरोन्नतीको काम भईरहेको छ। ठाँउ ठाँउमा स्थानिय तहले शाखा सडक खन्दा मुख्य राजमार्ग अबरुद्ध पारिदिएका छन्। हामीले पटक पटक आग्रह गर्‍यौँ। तर उहाँहरुले सुन्नुभएन्। जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको मेयर खोला, सुनार खोला, ताडी, दाँहाँ लगायतका ठाँउमा नगरपालिकाले सडक खन्दा मुख्य राजमार्ग बिगारेको छ। राजमार्गको संरक्षणका लागि सबै निकायले ध्यान दिनुपर्छ। गगने खोला, सुनार खोला लगायतका बिभिन्न ठाँउमा आउने पहिरोको रोकथामका लागि ठेक्का भईसकेको छ। राजमार्गका बिभिन्न ठाँउमा आउने स-साना पहिरो पन्छाउन डोजरको व्यवस्था गरेका छौँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.