काठमाडौंका ५ र ललितपुरका १ जनामा देखियो कोरोना
काठमाडौं : काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
आइतबार थप ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । शनिबार मात्रै ७० जनामा कोरोना संक्रमण देखिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पीसीआर नमुना परीक्षण भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ७ सय ८४ पुगेको छ। ५ सय २५ जना रेडजोनमा छन्।आइतबार थप ३ जना रेडजोनमा परेका छन्।
यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ८ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या ८ हजार ५ सय ८९ रहेको छ ।