सुन र चाँदी गायब पार्ने उपभोक्त संरक्षण विभागका पूर्वनिर्देशकसहित तीनविरुद्ध मुद्दा

सुन र चाँदी गायब पार्ने उपभोक्त संरक्षण विभागका पूर्वनिर्देशकसहित तीनविरुद्ध मुद्दा

काठमाडौं : तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठसहित ३ जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर परीक्षणका लागि लिएका सुनचाँदीका गहना तथा हिरा, हिराजवाहरात जस्ता बहुमुल्य धातु गायब पार्ने विभागका तत्कालीन निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो। 

तीनजनाले विभागबाट विभिन्न समयमा भएका अनुगमनका क्रममा व्यापारीबाट नमुना परीक्षणका लागि भन्दै लिएको ४९ दशमलव ५२ ग्राम सुन र ७७ दशमलव ४२ ग्राम चाँदीका गहना गायब बनाएको देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

विभागका तत्कालीन निर्देशक श्रेष्ठले २०७३ माघ ७ गते  काठमाडौंको न्युरोडको नोज पिन हाउस र २०७३ चैत ३० गते पोखराका विभिन्न सुनचाँदी पसलबाट गहना गायब गरेको पाइएको छ ।  

‘२०७३ चैत ३० गते दल बहादुर एन्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वेलर्स प्रालि, गोरखा एन्ड बराह ज्वेलरी इण्डस्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहनाहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट उल्लिखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात पनि उक्त गहनाहरु नबुझाई आफ्नो साथमा राखी हिनामिना गरेको देखिन्छ,’ आरोपपत्रमा भनिएको छ।

निर्देशक बेल्वासेले सूर्यबहादुर एण्ड सन्स ज्वेलर्स, ओटु काठमाडौंमा अनुगमन गरी संकलन गरिएका गहनाका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति आफू सरुवा भएर गएपश्चात पनि उक्त पसलमा फिर्ता नगरी आफैले राखी हिनामिना गरेको अनुसन्धानमा देखिएको छ ।  

नासु हाल सेवा निवृत्त  थापा मगरले ओम ज्वेलर्स, विशाल बजार, नटराज ज्वेलर्स विशाल बजार, समृद्धि ज्वेलर्स न्यूरोड, श्री गणेशाय ज्वेलर्स, न्यूरोड, ब्लु हर्ष ज्वेलर्स प्रालि न्यूरोड र श्री गणेशाय ज्वेलर्स न्यूरोड काठमाडौंमा लक्ष्मण श्रेष्ठको नेतृत्वमा अनुगमन गरी संकलन गरिएका स्टोरकिपरको रुपमा आफूले जिम्मा बुझेका गहना सम्बन्धित पसलमा फिर्ता नगरी सेवा निवृत्त हुँदासम्म आफ्नो साथमा राखी उक्त सुनचाँदीका गहना हिनामिना गरेको देखिंएको अख्तियारले जनाएको छ । 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिमको कसुरमा हिनामिना गरेको सुनका गहना १४ दशमलव १८ ग्रामको बिगो ६६ हजार २ सय ९३ रुपैयाँ ८६ पैसा, २० दशमलव ५९ ग्रामको बिगो ८९ हजार १ सय ४५ रुपैयाँ र १४ दशमलव ७५ ग्राम सुन र चाँदीका गहना ७७ दशमलव ४२ ग्रामको बिगो ७५ हजार ०३५ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.