सिन्धुलीमा बन्ने भयो अत्याधुनिक सभाहल

सिन्धुलीमा बन्ने भयो अत्याधुनिक सभाहल

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले झण्डै साढे १६ करोड रुपैयाँ खर्चेर अत्याधुनिक सभाहल बनाउने भएको छ ।नगरविकास कोषसँग ऋण लिएर नगरपालिकाले सपिङ महलसहितको चार तले सभाहल निर्माण गर्न लागेको हो। 

कमलामाई नगरपालिका ६ स्थित जिल्ला समन्वय समितिको पुरानो सभाहललाई भत्काएर अत्याधुनिक सभाहल निर्माण गर्नेगरी आइतबार नगरपालिका र नगरविकास कोषबीच सम्झौता भएको नगरपालिकाका सूचना अधिकृत सागरकुमार ढकालले जनाए ।

सभाहल निर्माणका लागि ऋण सम्झौता पत्रमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र नगर विकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभोयबीच ऋण आइतबार हस्ताक्षर भएको हो ।'उक्त सभाहल निर्माणका लागि कोषबाट ११ करोड रुपैयाँ ऋण दिने र नगरपालिकाले झण्डै साँढे पाँच करोड रुपैयाँ लगानी गर्ने छ,' उनले भने ।

सभाहल निर्माणका लागि १६ करोड ४७ लाख ८४ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 'चारतले उक्त भवनमा जमिनमुनी पार्किङ, पहिलो र दोस्रो तालमा सपिङ मल र तेस्रो तलामा कम्तिमा ५ सय जना अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिनेछ,' ढकालले भने ।  लिफ्टसहित निर्माण गरिने उक्त भवन २ वर्षभित्र सक्ने योजनासहित सम्झौतमा हस्ताक्षर भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.