सिन्धुलीको बुद्धनगरमा तीन सय किलोको बुद्ध मूर्ति

सिन्धुलीको बुद्धनगरमा तीन सय किलोको बुद्ध मूर्ति

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाको वडानम्बर ७ बुद्धनगरमा तिन सय किलोग्राम तौल भएको भगवान गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ । सोमबार कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले बौद्ध परम्पराअनुसार बौद्ध धर्मको पूजाआजासँगै बुद्धको मूर्ति अनावरण गरेका हुन् । 

जिल्ला सदरमुकामको बीच बजारमा रहेको बुद्धनगर चोकलाई धार्मिक तथा पर्यटकीय दृष्टिले समेत गन्तव्य स्थलका रुपमा विकास गर्न शान्तिका दूत गौतम बुद्धको मूर्ति अनावरण गरिएको नगर प्रमुख खत्रीको भनाइ छ ।

बुद्ध मूर्ति स्थापना गर्न कमलामाई नगरपालिकाले १५ लाख र ३ लाख ७५ हजार रुपैयाँ बराबरको जनश्रमदानबाट मूर्ति स्थापना गरिएको उक्त वडाका वडाअध्यक्ष कर्णबहादुर घिसिङले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.