पहिरोले जाजरकोटका ग्रामिण सडक अवरुद्ध

पहिरोले जाजरकोटका ग्रामिण सडक अवरुद्ध

जाजरकोट : कुशे गाउँपालिकाका ९ वटै वडामा सडक पुगेको छ । सदरमुकाम खलंगासँग पनि सडकको पहुँच पुगेको छ । तर बर्खा सुरु हुने वित्तिकै कुशेको सदरमुकामसँगको यातायातको पहुँच टुटिसकेको छ । बर्षे भेलले खलंगा-पाँचकाटिया-भार्मा सडक अवरुद्ध गरिदिएपछि गाउँपालिका र सदरमुकाम बीचको यातायात सम्बन्ध विच्छेद भएको हो । 

गाउँपालिकाले डोजर प्रयोग गरेर खनेका ग्रामिण सडक ठाउँ ठाउँमा पहिरो गएका कारण अवरुद्ध छन् । कुशेमा मात्र होइन जिल्लाका सातवटै स्थानीय तह र सडक डिभिजनले खनेका सडक सबै अवरुद्ध अवस्थामा छन् । 

जाजरकोट सदरमुकाम खलंगा जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको र जथाभावी डोजरले खनिएका सडकमा पहिरो जाँदा दर्जन बढी ग्रामिण सडक अवरुद्ध भएका हुन् । 

सडक अवरुद्ध भएपछि मानिस घण्टौं पैदल हिँड्न बाध्य भएका छन् भने दैनिक उपभोग्य मालसमान र अन्य निर्माण सामग्री ढुवानीमा समस्या परेको छ । केही दिनअघि परेको वर्षातले जिल्लाका दर्जन बढी सडक बन्द भइसकेका छन् । तर ती सडकमा गएको पहिरो हटाउन सडक डिभिजनले कुनै पहल गरेको छैन । सामान्य बजेटले सडक खुलाउन सक्ने अवस्था छैन । 

भिरालो जमिनमा जथाभावी रुपमा सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामिण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्ड विपरित जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमिनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो ।

पहिरोले छेप्का-कैन, कालिमाटि-लहाँ, खलंगा-पाँचकाटिया-पैक, दशेरा -सुयाडा, भुर-स्याउली, जगतिपुर -छिपे्रना, छेडा-थलह, थलह-लुहादहलगायतका दर्जन बढी सडक अवरुद्ध भएका छन् । तर ती सकड खुलाउन सम्बन्धित निकायले पहल गरेका भने छैनन् ।

नालीबिनाको सडक भेलले चिराचिरा पारेको छ । सडकमा गएका ठूलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । 

'स्थानीय सरकारको बजेटले सक्ने अवस्था छैन, सडक मर्मत र स्तरोन्नतीका लागि अन्य निकायले चासो देखाउँदैनन्,' उनले भने हामीलाई प्रकृतिले पनि ठगेको छ।' पहिरोले दुई साताअघि भेरी नगरपालिका ११ जगतिपुर भनारीगाँउका दुई वर्षीय पुष्कर वरको ज्यान गएको छ । एक साता अघि झुम्रे खोला तर्नेक्रममा नलगाड नगरपालिका ४ का ५० वर्षीय शान्तबहादुर सार्की बेपत्ता  छन् । झुम्रे खोलामा आएको बाढीले स्थानीयका दुई सय रोपनी धानखेत बगाइ दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.