शिक्षण पेशामा भ्रष्टाचार बढ्दै

शिक्षण पेशामा भ्रष्टाचार बढ्दै

काठमाडौं :  पछिल्लो समय विद्यालयका प्रधानाध्यापक, शिक्षक भ्रष्टाचारमा पक्राउ पर्न थालेका छन्। घुस लिने, विद्यालयका विकास निर्माणमा भ्रष्टाचार र नक्कली प्रमाण पत्र पेस गरेर जागिर खाने शिक्षकको बिगबिगी नै छ। सोमबार मात्रै बैतडीस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीविरुद्ध सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको छ। उनीहरुविरुद्ध ८३, हजार १ सय विगो कायम गरिएको छ।  

जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी, पूर्व जिल्ला शिक्षा अधिकारी, स्रोत व्यक्तिसमेतको मिलेमतोमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका भण्डारीलाई निलम्वन नगरी विद्यालयबाट पाउने तलब भत्ता सुविधा प्रदान गरिएको थियो । सो कार्यका विरुद्ध उजुरी परेको थियो। अनुसन्धानमा प्रअ भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको सहमतिमा सरकारी रकम बुझिलिएको देखिएको अख्तियारको आरोपमा उल्लेख छ।  उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम हिनामिना गरेको बिगो असुलउपर गरी पाउन माग दावीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

त्यस्तै बैतडीकै जसलिङ्ग प्राथमिक विद्यालयका तत्कालीन शिक्षक र प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरिनाथविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियारले उनीहरुविरुद्ध ८१ हजार ९ सय विगो कायम गर्दै  मुद्दा दायर गरेको छ।  शिक्षक  कपाडी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपश्चात उनलाई निलम्बन नगरी विद्यालयबाट पाउने तलब भत्ता सुविधा दिइएको थियो । त्यो सुविधा लिने कपाडी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरिनाथविरुद्ध  भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबी गरिएको छ। 

उनीविरुद्ध हिनामिना गरेको बिगो असुलउपर गरी पाउन माग दावीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। सिक्टहन मावि रुपन्देहीमा तत्कालीन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सन्तप्रसाद कुर्मी, जय नेपाल आधारभूत विद्यालय र प्रावि धरमपानी, तनहुँका शिक्षक पुष्पा गुरुङ
विरुद्ध शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी मुद्दा चलाइएको छ। सन्तप्रसाद कुर्मी (सन्तप्रसाद चौधरी भनेर चिनिने) नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त भएका थिए। उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहावादबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्तयताको प्रमाणपत्र पेश गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पदमा छनौट भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। 

त्यस्तै गुरुङले बिहार विद्यालय परीक्षा समिति, पटनाबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भएका थिए । उनी हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेका थिए । कुर्मी र गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम  सजायको मागदावीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.