गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ
धनगढी : कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले जोशीलाई ८५ हजार घुससहित पक्राउ गरेको हो।
आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार नासु जोशीलाई मंगलबार स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो । नासु जोशीले सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएको बुभिएको छ। सो घुस रकम अख्तियारको टोलीले सोमबार नै बरामद गरेको थियो।
अख्तियारको टोलीले उनलाई सोमबार घरमै पक्राउ गरेको अख्तियारका सूचना अधिकारी बिष्टले जानकारी दिए । जोशीलाई थप अनुसन्धानको लागि उनलाई काठमाडौं पठाइने जनाइएको छ।