काठमाडौंका थप २ जनामा देखियो कोरोना संक्रमण

काठमाडौंका थप २ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

मंगलबार थप ११६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । सोमबार १४४ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १० हजार ३२८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर नमुना परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ७१६ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार ६९५ जनाको उपचार भइराखेको छ ।५२५ जना रेडजोनमा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.