विप्लवका सेती महाकाली इञ्चार्ज पक्राउ
धनगढी : नेत्रविक्रम चन्द विप्लव समूहका सेती महाकाली इञ्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन्। धनगढी नजिकै फूलबारीबाट फर्किरहेका बेला उनलाई कनरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।
इन्चार्ज पुनसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ पूर्णिमा धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले जानकारी दिए। धामी पुनकै श्रीमती हुन्। प्रहरीले लामो समयदेखि पक्राउ प्रयास गरिरहेको भए पनि सफल हुन सकेको थिएन। प्रहरीले पुनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको विज्ञप्ती निकाली जानकारी दिएको छ।