तुलसीपुर उपमहानगरपालिका ‘क्यासलेस’

तुलसीपुर उपमहानगरपालिका ‘क्यासलेस’

दाङ : दाङको तुलसीपुर उपमहहानगरपालिका साउन १ गतेदेखि क्यास लेस नगरको रुपमा घोषण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई नगदबिहीन अर्थात क्यासलेस बनाइएको हो । 

स्मार्ट नगरको परिकल्पाना गरिदै आएको तुलसीपुरलाई त्यही अन्तरगत गएर क्वासलेस बनाइएको उपमहानगरका प्रमुख घनश्याम पाण्डेले बताए । उनले यो कार्य नगरका लागि अवसर र चुनौती  रहेको बताए । 
 उपमहानगरपालिकाका तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । आर्थिक सुशासनका साथै बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउनका लागि उपमहानगरपालिकामा बैंकको काउन्टर स्थापना गरेर क्यासलेस बनाइएको हो । 

काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर मेगा बैंकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए । गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यो वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको वैकको म्यानेजर राजन भण्डारीले जानकारी दिए ।

यसैबीच उपमहानगरपालिकामा काउन्टरको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस बनाउने लक्ष्य पुरा भएकोमा खुसी व्यक्त गरे । उनले अनौपचारिक कारोबारलाई रोक्नका लागि बंैकिङ्ग प्रणालीको ठूलो महत्व हुने कुरामा समेत जोड दिएका थिए । 

हरेक नागरिकलाई बैकिङ्ग प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोबार वृद्धि हुने उनको भनाइ थियो । 

तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले बैंकिङ प्रणालीले आर्थिक पारदर्शिता ल्याउने बताए । उनले उपमहानगरपालिकाले क्रमबद्ध ढंगले घोषणा पुरा गर्दै गएको समेत जानकारी दिए । धेरै मानिस बैंकको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै तुलसीपुर बैंकर्सका अध्यक्ष सरोज लामिछानेले  यसले उनीहरुलाई बैकिङ प्रणालीसँग जोडेर लैजाने बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.