विद्यालय हटाएर वडा कार्यालय
दोलखा : बागमती प्रदेशकै पहिलो बालमैत्री नगरपालिका भीमेश्वरले विद्यालय हटाएर वडा कार्यालय स्थापना गरेको छ। भीमेश्वर नगरपालिका–६, चोथाङस्थित वडाकै एकमात्र सामुदायिक विद्यालय महांकाल प्राविमा वडा नं. ६ को वडा कार्यालय स्थापना गरिएको हो। लकडाउन अघिसम्म सो विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको थियो।
आर्थिक वर्ष २०७६÷७७ मा सो वडाको कार्यालय निर्माण गर्न ३४ लाख ४६ हजार ३ सय ७७ रुपैयाँ विनियोजन गरिए पनि उपयुक्त स्थान अभाव भएको भन्दै विद्यालयमा वडा कार्यालय स्थापना गरिएको हो। तीन दशकअघि स्थापना भएको र ५ कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा ५० जना विद्यार्थी छन्।
वडावासीलाई सबैभन्दा पायक पर्ने स्थान भएकाले विद्यालयलाई अन्यत्र स्थानान्तरण गरिएको वडाध्यक्ष नवीन लामाले बताए। वडा कार्यालय सञ्चालन, भवन मर्मत लगायत अन्य विविध खर्चका लागि २१ लाख रुपैयाँ छुट्ट्याइएको छ। सो विद्यालय साबिकको ठाउँबाट एक किमि पश्चिमतर्पmको करिब ५ रोपनी सार्वजनिक जग्गामा सारिएको भीमेश्वर नगरका प्रवक्ता हरिवंश चौलागाईंले बताए।