सडक अवरुद्ध हुँदा राहत बाटोमै रोकियो

सडक अवरुद्ध हुँदा राहत बाटोमै रोकियो

बाजुरा : लगातारको वर्षाले मार्तडी कोल्टी सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रका चार स्थानीय तहका ५० हजार बढी जनता र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोटका स्थानीय समस्यामा परेका छन्।  पूर्वी उत्तरी क्षेत्रका विपन्न एकल हलिया परिवारलाई राहत लिएर गएका ट्याक्टर बिच बाटोमै फसेका छन्। 

आइएनएफ नामक गैरसरकारी संस्थाले बुढीनन्दा नगरपालिकाका ४ सय १० परिवारका लागि खाद्यन्न र ४ सय १० परिवारका लागि सुरक्षा स्वास्थ्य सामग्री राहत लगेको थियो । कोल्टी जाँदै गर्दा बडिमालिका ७ को रजातोली लाएतका क्षेत्रमा सडक माथिबाट पहिरो आएपछि राहत बिचमा रोकिएको आइएनएफ बाजुराका क्षमता बिकास अधिकृत तिलक भण्डारीले बताए। वडा पालिकाको छनोटका आधारमा विपन्न, एकल, हलिया अपांग लगायतका परिवारलाई राहात दिने निर्णय गरेको उनले बताए । खाद्यन्न बिचमै रोकिएर उनीहरुलाई साँझ बिहानको छाक टार्नसमेत समस्या भएको भण्डारीले बताए। 
 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नामक गैर सरकारी संस्थाले खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाका ५ सय ५१ परिवारलाई राहत दिन तयार पारेको राहत वर्षाले सदरमुकाम मार्तडीमै रोकिएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत्त रोशन खड्काले जानकारी दिए। वर्षाले राहात ढुवानी गर्न समस्या भएको खड्काले बताए।  
 
२०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक सिलान्यास भएको २१ वर्षसम्म पनि पूरा हुन सकेको छैन। मार्तडी–कोल्टी सडक ४२ किलोमिटर रहेको छ। जीप र ट्याक्टर हिउँदको महिनामा  सञ्चालनमा आए पनि बाटो निकै अप्ठयारो भएकाले गाडी बिग्रने, फस्ने गरेको जीप व्यवसायी पृथ्वी रावलले बताए। 
 
२१ वर्षसम्म ३५ करोडभन्दा बढी खर्च भए पनि सामान्य बाटो खुल्ने काम पूरा नभएको स्थानीय बताउँछन्। जसका कारण यातायात संचालनमा असहज भएको छ। २०५६ फाल्गुण ७ गते तत्कालीन जिल्ला सभापति वर्तमान प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले उक्त सडकको शिलन्यास गरेका थिए। शिलन्यासको बेला २०६० सम्म कोल्टीमा गाडी पुर्‍याइसक्ने लक्ष्य राखिएको थियो।

करोडौ खर्च हुँदा पनि मनोमानी तरिकाले सडक निर्माण भएको र सडक पूरा हुन नसकेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले बताए। यो सडकमा अनियमित भएको पटकपटक गुनासो आइरहेको जैसीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.