सिन्धुलीमा कुलोले बगाएर बालकको मृत्यु

सिन्धुलीमा कुलोले बगाएर बालकको मृत्यु

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका १० खोरियामा कुलोमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ। स्थानीय अर्जुन मगरको ५ वर्षका छोरा करण मगरलाई कुलोमा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।

कुलोको होम पाइपमा खेल्दै गरेका बालकलाई बाढी आएर बगाउँदा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै जिल्लाको तीनपाटन गाउँपालिका ५ सिम्लेमा एकजना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएस्पी) श्यामकुमार खत्रीका अनुसार स्थानीय खड्गबहादुर पाख्रिनकी श्रीमती ६७ वर्षीया इन्द्रमायाँ पाख्रिनको शव अधेरी खोलामा फेला परेको हो। 

‘गत असार २९ गतेबाट बेपत्ता पाख्रिनको शव शनिबार घरबाट झण्डै चार किलोमिटर तल खोलाको बगरमा फेला परेको छ,’ उनले भने। छ दिनअघि घरबाट निस्केपछि बेपत्ता भएकी पाख्रिनको शव खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा भेटिएको खत्रीले जनाए। 

उनको शवको अवस्था हेर्दा खोलाले बगाएको जस्तो देखिए पनि प्रहरी घटना स्थलमा पुगेर अध्ययन थालेको जनाएको छ। शनिबार खोला किनारमा महिलाको शव देखिएको भन्दै स्थानीयले खबर गरेका आधारमा गाउँपालिकाका अध्यक्ष कर्ण थापाले प्रहरीलाई जानकारी गराएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.