विदेशमा एक सातामा १६ नेपालीको मृत्यु : कोरोनाबाट मृत्यु हुनेको संख्या १६० पुग्यो

विदेशमा एक सातामा १६ नेपालीको मृत्यु : कोरोनाबाट मृत्यु हुनेको संख्या १६० पुग्यो

काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट विदेशमा एक सातामा १६ जना नेपालीको निधन भएको छ। बेलायत, अमेरिकामा कोरोनाको जोखिम कम हुदैँ गएपनि मध्यपूर्वी देशमा कार्यरत नेपाली कोरोनोको उच्च जोखिममा परेका छन्।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, युएईमा ५ जना र कुवेतमा ३ जनाको निधन भएको  हो। नेपालीहरुको मुख्य गन्तव्य मूलुकमा  कार्यरत कामदार असुरक्षित हुन थालेपछि चिन्ता बढेको छ। मध्यपूर्वका केही देशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण नरोकिएसँगै त्रास फैलिएको छ। 

कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माका अनुसार यो सातामा भारत, साउदी, युएई र कुवेतमा ९ सय ५० जना थप नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ। 

खाडी क्षेत्रमा नेपालीको जनघनत्व धेरै छ। एउटै कोठामा बस्ने, सरसफाइमा ध्यान नदिने, स्वास्थ्यको ख्यालै नराखी काममै खटिने कारण खाडी क्षेत्रमा कोरोनाको जोखिम अझै बढ्न सक्ने जानकारहरु बताउँछन्। 

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ। कतारमा निधन भएका ८ जनामध्ये २ जनाको निधन हुनु अघि कोरोना पुष्टि भएपनि ६ जनाको निधनपछि कोरोना पोजिटिभ देखिएको थियो। 
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता मध्यपूर्वका देशमा संक्रमण बढ्दै गएको बताए। संक्रमणबाट जोगिन उनले सतर्क रहन अनुरोध गरेका छन्। पूर्णरुपमा सुरक्षित हुन सके जोखिमबाट बच्न सकिने उनले सुझाव दिएका छन्। 

मास्क अनिवार्य लगाउन, सबै कोरोनाको संक्रमण भएजस्तै टाढै बसेर सुरक्षित हुन, नियमित साबुनपानीले हात धुन उनले सल्लाह दिएका छन्। मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हुँदै गइरहेको छ। संघका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन्। कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको संघको दावी छ। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भइसकेका छन् ।
विदेशमा कोरोना सक्रमित भएका ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

३० हजार फर्किए

कोरोनाका कारण अलपत्र परेका करिब ३० हजार नेपाली स्वदेश फर्किएका छन्। गैरआवासीय नेपाली संघ, र कुटनीतिक निकायको पहलमा सरकारले २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीलाई स्वदेश फर्काएको हो।  
रोजगार गुमाएर अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका कामदारलाई स्वदेश फर्काइएको हो। फर्किएकामध्ये अधिकांश आफ्नै खर्चमा फर्किएका छन्। सरकारले हालै मात्र अति समस्यामा परेका कामदारलाई निःशुल्क फिर्ता ल्याउन तयारी सुरु गरेको छ। 

१ सय ७२ शव ल्याइयो

कोरोना भाइरस (कोभिड- १९) बेला निधन भएका एक सय ७२ जनाको शव चार्टड उडानबाट ल्याइएको छ। पछिल्लो समयमा निधन भएका ३ सय ३४ मध्ये १ सय ७२ शव ल्याइएपनि अझै १ सय ७  शव नेपाल ल्याउन बाँकी छ। मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट शव ल्याएर परिवारलाई बुझाइएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ। बोर्डका अनुसार परिवारको सहमतिमा  १ सय ५६ जनाको गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.