काठमाडौंका १ र ललितपुरका २ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आइतबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमित हुनेमा काठमाडौंका १ जना र ललितपुरका २ जना रहेका छन्।
यस्तै आइतबार थप १५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९८ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार६९५ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७४१ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ६६२ पुगेको छ। यस्तै मन्त्रालयकाअनुसार आइसोलेसनमा ५ हजार ९ सय २३ जनाको उपचार भइराखेको छ । हालसम्म ४० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।