शिकार खेल्न गएका रानाको कंकाल भेटियो

शिकार खेल्न गएका रानाको कंकाल भेटियो

सुर्खेत : बर्दियानिकुञ्जमा शिकार खेल्न गएपछि बेपत्ता भएका सुर्खेतका एक व्यक्तिको कंकाल भेटिएको छ। जिल्लाको बराहताल गाउँपालिका–१ समशेलीका शिवराम रानाको कंकाल भेटिएको हो। उनी गत फागुन १० गते शिकार खेल्न गएपछि बेपत्ता भएका थिए।

राना बेपत्ता भएपछि परिवारले प्रहरीमा उजूरी दिएका थिए। बेपत्ता भएको चार महिनापछि असार १६ गते सुर्खेत प्रहरीले रानाको हात, खुट्टा र टाउकाको हड्डीसहित उनले लगाउने लुगा, झोला, एक थान बन्दुक, हँसिया, खुकुरीसहित केही सामग्री फेला पारेको थियो। सुर्खेत प्रहरीले आइतबार रानाको कंकाल तथा लताकपडा सार्वजनिक गर्दै बेपत्ता भएको उजूरी परेको चार महिनापछि कंकाल फेला पारिएको जनाएको छ। 

सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले मृतक रानाकी पत्नी मनरुपा रानाले शिवराम राना हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास गर्दा कंकाल फेला परेको बताए। 

उनका अनुसार प्रहरी निरीक्षण गोपाल रायमाझीको कमाण्डमा गएको टोलीले बर्दियाको ठाकुरद्वारा नगरपालिका १ पाँडेखोलामा रानाको कंकाल र लताकपडा फेला पारेको थियो। लताकपडाका आधारमा मृतकका पत्नी र बाबुले शिवराम भएको सनाखत गरेका हुन्।

तर पीडित परिवारले भने शिवरामसँगै शिकार खेल्न अन्य दुईजना सोही स्थानका यामबहादुर समशेली र सूर्यबहादुर वलीले हत्या गरेको आरोप लगाएका छन्। रानाका रानाको कंकाल फेला परेपछि उनका पत्नी मनरुपाले यामबहादुर र सूर्यबहादुरविरुद्ध कर्तव्य ज्यानको उजुरी दिएको एसपी भट्टले जानकारी दिए। 

उजूरीपछि आरोपित दुईजनालाई प्रहरीले नियन्त्रणमा विस्तृत अनुसन्धान थालेको छ। एसपी भट्टका अनुसार प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.