सुदूरपश्चिममा सलह

सुदूरपश्चिममा सलह

डडेल्धुरा/बैतडी/महेन्द्रनगर : सुदूरपश्चिमका तीन जिल्ला कञ्चनपुर, डडेल्धुरा र बैतडीमा सलह पुगेको छ। तराईमा हरियाली भएको धान र पहाडी जिल्लामा घोगा लागेको मकैमा सहलको आक्रमण सुरु भएको छ।

डडेल्धुराका अजयमेरु गाउँपालिका १ को मुद्रडा र परशुराम नगरपालिका ७ सादनीमा सलह देखिएको छ। ठूलो हुलमा रहेको सलह देखिएसँगै किसान चिन्तित बनेका छन्। गत वर्षसम्म जंगली बँदेलले मकै, भटमासका साथै धानबालीमा समेत क्षति व्यहोर्नु परेका किसानलाई यस वर्ष सलहले सताएको छ। डडेल्धुराका भित्रिमधेसमा सलह दोस्रो पटक र अजयमेरु १ मुद्रडामा पहिलोपटक देखिएको किसानले बताए। मकैबालीमा सलह देखिन थालेपछि कृषक सलह रोकथाम तथा बाली बचाउने उपायका लागि स्थानीय तहलाई गुहार्न थालेका छन्।

ठूलो संख्यामा सलह देखिएको परशुराम नगरपालिका सादनीका स्थानीय किसान कालुसिंह साउदले जानकारी दिए। स्थानीयले होहल्ला गर्दा र बाजा बजाउँदासमेत सलह टसमस नहुने र सलह भगाउन सारै गाह्रो भइरहेको साउदको भनाइ छ। यसअघि परशुराम नगरपालिका–४, कटालमा कीरा देखिएको थियो। किसानले सलह आएको खबर पाएको र ठूलो आवाज गरेर भगाउने सल्लाह दिएको परशुराम नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले बताए। भारतबाट आएको अनुमान गरिएका ती कीराले बालीमा खासै नोक्सान नगरेको भए पनि सलह भगाउने उपाय नगर्ने हो भने बाली जोगाउन मुस्किल पर्ने अजयमेरु १ का किसान तेजबहादुर भण्डारीले बताए।

शनिबार बिहानदेखि नै सबै गाउँले मिली भगाउने प्रयास गरिरहेको उनले जानकारी दिए। अजयमेरु १ मा सलह देखिएको अमरगढी नगरपालिकामा कार्यरत कृषि प्राविधिक तथा मुद्राडका स्थानीय रमेश भण्डारीले जानकारी दिए। सलह शनिबार बिहानसम्म रुखमा बसिरहेको छ। तर तिनीहरू विस्तारै बालिनालीमा आउन सक्ने उनले बताए। तर परशुराममा भने सलहको झुण्डले मकैबालीमा क्षति पुर्‍याएको छ। बैतडीको जंगलमा सलहबैतडीमा पनि सलह पुगेको छ। मेलौली नगरपालिकाका विभिन्न स्थान र पाटन नगरपालिकाका विभिन्न स्थानमा सलह देखिएको स्थानीयले बताएका छन्। मेलौलीको वडा नं १ नगरौमा सलहको झुण्ड देखिए पनि बारीमा भने बस्न नपाएको स्थानीय लक्ष्मण पार्कीले जानकारी दिए। सलहको झुण्ड देखिएपछि किसान चिन्तित बनेका छन्। उनले भने, ‘अकाशमा सलहको ठूलो झुण्ड देखिएको छ। तर बारीमा बस्न दिइएको छैन।’यस्तै मेलौली नगरपालिकाको स्वापानी, दोबटालगायत ठाउँमा सलहको झुण्ड देखिएको मेलौली नगरपालिका २ का वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले जानकारी दिए। सलहको झुण्ड अहिले जंगलमा भए पनि बारीमा पस्ने भन्दै किसान चिन्तित बनेका उनले बताए। उनले भने, ‘सलहको ठूलो झुण्ड हाम्रो गाउँमा आइपुगेको छ। यसले बालीनालीमा क्षति पुर्‍याउने भन्दै किसान चिन्तित छन्।’

यस्तै पाटन नगरपालिका १ मा पनि सलहको झुण्ड देखिएको स्थानीय मोहनसिंह रावलले बताए। सलहको झुण्ड आकाशमै उडिरहेको खेतबारीमा भने नबसेको उनले बताए। उनले भने, ‘दिउँसो १ बजेदेखि सलहको झुण्ड अकाशमा उडिरहेको छ। किसानले बारीमा पहरा दिइरहेका छन्।’ तर, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले भने त्यसबारे जानकारी नआएको बताए। उनले भने, ‘आफूलाई सलह भित्रिएकोबारे जानकारी नभएको तर सलह आइहालेमा थाल, बाजा बजाएर धपाउन सकिन्छ।’ यो वर्ष मकैबालीमा फेदकटुवा र फौजी कीरा लाग्यो भने सलहसमेत भित्रिएपछि मकै उत्पादनमा कमी आउने देखिएको छ। बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ। कञ्चनपुरमा दुई दिनदेखि सक्रीय सहलकञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको छ। बिहीबार साँझ पुनर्वास नगरपालिका १० मा देखिएको सलहको झुण्ड कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका हुँदै वेदकोट प्रवेश गरेको छ। दक्षिणी क्षेत्रबाट प्रवेश गरेको झुण्ड महेन्द्रनगर सदरमुकाम पुगेको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले पुनर्वासमा देखिएको सलहको झुण्ड वेदकोट नगरपालिकाका पुगेको बताए। ‘हामी सलहको झुण्डलाई पिछा गरिरहेका छौं’, भट्टले भने, ’कृषि ज्ञान केन्द्रका प्राविधिकले केही ठाउँमा विषादी छरिरहेका छन् हामी किसानसँगै सलह भगाउँदै छौं।’ सलहको झुण्ड वेदकोट नगरपालिका–९ स्थित नयाँ गाउँ, भीमदत्त नगरपालिकाको मजगाउँ, पिपरैया, बनाउ, सुकासाल, ऐठपुर क्षेत्रमा फैलिएको स्थानीयले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.