मुस्ताङमा ६२ करोड ६० लाख ९८ हजार बजेट फ्रिज

मुस्ताङमा ६२ करोड ६० लाख ९८ हजार बजेट फ्रिज

जोमसोम : आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजित  संघ तथा प्रदेश सरकारको कुल बजेट मध्ये चालु तथा पुँजीगत खर्चको कुल ६२ करोड ६० लाख ९८ हजार बजेट खर्च फ्रिज हुन पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ । 

जसमध्ये संघतर्फ चालुतर्फ १६ करोड ८५ लाख र पुजिगत खर्च २६ करोड ३३ लाख र प्रदेशतर्फ चालु १० करोड ३५ लाख र पुजिगततर्फ ९ करोड ४६ लाख बजेट फ्रिज भएको जनाइएको छ ।

चालु आर्थिक वर्षमा संघीय कुल बजेट ३ अर्ब १० करोड ४० लाख थियो भने प्रदेश सरकारको कुल बजेट ५१ करोड ७४ लाख ४९ हजार थियो । जसमध्ये चालुतर्फ १ अर्ब ८६ करोड ५५ लाख ५ हजार र पुजिगत बजेट १ अर्ब २३ करोड ८५ लाख ७१ ह्जार बिनियोजन भएको थियो । यस्तै ,प्रदेशको चालुतर्फ २८ करोड ८५ लाख ५१ ह्जार र पुजिगततर्फ २२ करोड ८८ लाख ९८ हजार रहेको थियो ।

संघीय सरकारको कुल चालु बजेट मध्ये १ अर्ब ६९ करोड ६९ लाख ८४ हजार खर्च भएको हो । यस्तै,संघीय पुजिगत विकास खर्चतर्फ ९७ करोड ५२ लाख ३९ हजार ८ सय खर्च भएको हो । संघको चालुतर्फ ९० दशमलव ६५ प्रतिशत र पुजिगततर्फ ७८ दशमलव ८५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङका प्रमुख मिनबहादुर बानियाले जानकारी दिए । यस्तै ,प्रदेशको चालुतर्फ १८ करोड ४९ लाख ८५ हजार अर्थात ६४ दशमलव ११ प्रतिशत खर्च भएको हो भने प्रदेश पुजिगत १३ करोड ४२ लाख १९ हजार खर्च हुदा ५८ दशमलव ६४ प्रतिशत विकास खर्च भएको कार्यालय प्रमुख बानियाले बताए ।

का्ष तथा लेखाका अनुसार गत वर्षको भन्दा चालु वर्ष संघ तथा प्रदेशको गरी २२ करोड भन्दा बढी बजेट फ्रिज हुन पुगेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा  ४० करोड १७ लाख बजेट मुस्ताङमा फिर्ता भएको थियो । मुस्ताङमा संघीय पुजिगत खर्चमा उल्लेख्य प्रगति देखिनुको कारण राष्ट्रिय गौरवको बेनी÷जोमसोम—कोरला सडक आयोजना मुख्य बनेको छ । 

कुल पूँजीगत विकास खर्च १ अर्ब २३ करोड ८५ लाख मध्ये आयोजनाको बजेट १ अर्ब १३ करोड ४५ लाख रहेकोमा ९० करोड २५ लाख २९ हजार सडकले खर्च गरेको छ । जिल्लाको कुल संघीय विकास खर्च ९७ करोड मध्ये ७ करोड बजेट मात्र अन्य प्रशासनिक कार्यालय पूर्वाधार लगायतमा खर्च भएको जनाइएको छ ।तर ,सांसद विकास कोषको स्थानीय पूर्वाधार साझेदारी विकासको खर्च हुन नसकेको  १ करोड ४१ लाख बजेट संम्विन्धि स्थानीय तहको कोरोना कोषमा जम्मा भइसकेको छ ।

मुस्ताङमा संघीय अन्र्तगतका स्थानीय प्रशासन र सुरक्षा निकाय लगायतका २३ वटा कार्यालय र ५ स्थानीय तहमा बजेट खर्च भएको हो । यस्तै प्रदेशतर्फ सिंचाइ ,बन,घरेलु ,मालपोत र ५ स्थानीय तहमा आएको बजेट खर्च भएको कोलेनिकाले जनाएको छ ।

मुस्ताङमा १० करोड ३६ लाख राजश्व संकलन 

आर्थिक वर्ष २०७६÷०७७ मा मुस्ताङमा करिव १० करोड ३६ लाख ९५ हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जसमध्ये संघतर्फ ९ करोड ८७ लाख ७९ हजार र प्रदेशतर्फ ४९ लाख १६ हजार राजश्व संकलन भएको हो ।

गत वर्ष ९ करोड राजश्व संकलन भएको थियो । चालु वर्ष संघतर्फ १ करोड र प्रदेशतर्फ ४२ लाख राजश्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

संघतर्फ उठ्ने राजश्व शीर्षकमा भन्सार ,मदिरा,अन्तशुल्क ,राहदानी पासपोर्ट,नागरिकता र वागवानी विकास केन्द्रको आम्दानी हो भने प्रदेशतर्फ मालपोत ,बन रोयल्टी  र घरेलु उद्योग दर्ता लगाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.