ललितपुरको किस्ट हस्पिटल डुबानमा
काठमाडौं : अविरल वर्षाले ललितपुर इमाडोलको किस्ट हस्पिटल डुबानमा परेको छ। सोमबार दिउँसोको इमाडोल खोलाको पानी बस्ती क्षेत्रमा पस्दा हस्पिटल डुबानमा परेको हो।
हस्पिटलभित्र र बाहिर पानी जमेर उपचार गराउन गएका बिरामीले समस्या झेल्नु परेको छ।
त्यस्तै इमाडोल खोलाको पानी बस्तीमा पस्दा इमाडोलका विभिन्न बस्ती डुबानमा परेका छन्। ललितपुर महापालको पाटन दरवार स्वायर क्षेत्र पनि जलमग्न भएको छ। सडकमा डेढ फिटभन्दा बढी पानी जमेपछि बाटोमा आवजजावत गर्ने यात्रुलाई समस्या परेको छ।