पहिरोले घर बगाउँदा दम्पती बेपत्ता, पहाडी सडक अवरुद्ध

पहिरोले घर बगाउँदा दम्पती बेपत्ता, पहाडी सडक अवरुद्ध

नवलपुर : पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा एक घर पहिरोले बगाउँदा दम्पती बेपत्ता भएका छन्। दुई दिनदेखि परेको लगातारको वर्षाका कारण घरमाथि बाट खसेको पहिरोले घर बगाउँदा ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताँकोटीले जानकारी दिए।

गएराती ३ बजेको समयमा आएको पहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन्। घरमा सार्की दम्पती मात्रै थिए। नजिकै रहेको अर्को घरमा छोरा बुहारी र नाती नातिनी सुतेकाले उनीहरु भने सकुशल रहेको अध्यक्ष बस्ताँकोटीले बताए। 'ठूलो घरमा शेरबहादुरका दम्पती थिए। पहिरोले उनीहरु सुतेको घर बगायो। अन्य परिवार सानो घरमा सुतेकाले केही भएन' अध्यक्ष बस्ताँकोटीले भने। बेपत्ताको स्थानीयले खोजी कार्य भइरहेको छ। पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भएको बस्ताँकोटीले बताए। बिहान ९ बजेसम्म प्रहरी घटनास्थल नपुगेको स्थानीयले बताए। इलाका प्रहरी कार्यालय बुलिङटारबाट १२ कि.मि.को दुरीमा छ। विकट पहाडी गाउँमा भएको घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता मोहन खाँडले बताए। हिउँदको समयमा बाटो खन्दा डोजर प्रयोग गरिने भएकाले पहाडी क्षेत्रका घर पहिरोको जोखिममा पर्ने गरेको स्थानीयले बताएका छन्।

यसैबीच पहिरोका कारण पहाडी क्षेत्रमा जाने सडक पहिरोका कारण अवरुद्ध भएका छन्। बाटो अवरुद्ध हुँदा बुलिङटार र बौदिकाली गाउँपालिका जाने सबै मोटर बाटो अवरुद्ध भएको छ। पहाडी क्षेत्रमा खाद्यन्न ढुवानी र सर्वसाधरणको सुविधाका लागि राजमार्गको दलदलेबाट दैनिक रुपमा सवारीसाधनहरु आवतजावत गर्ने गरेका थिए।

यता विनयी त्रिवेणी गाउँपालिका-४ मा रहेको खहरेखोलामा आएको बाढीले एक पिकअप भेनलाई बगाएको छ। बगाएको पिकअप भने केही पर डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.