सुस्तामा सशस्त्रको बिओपी र सीमा प्रहरी चौकी पनि डुब्यो

सुस्तामा सशस्त्रको बिओपी र सीमा प्रहरी चौकी पनि डुब्यो

परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ। सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदी पारीको सुस्ता गाउँ गएरातीदेखि डुबानमा परेको हो।

सुस्तामा २ सय ६५ घरधुरी छन्। नारायणी नदीको पानी गाउँमा पसेका कारण सबै घरधुरीसहित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी) र सीमा प्रहरी चौकी पनि डुबानमा परेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

सशस्त्रको बिओपी र सीमा प्रहरी चौकीसमेत डुबानमा परेपछि हतियारसहित अन्य सामान र सुरक्षाकर्मीलाई पनि सुरक्षित स्थानमा राख्ने तयारी भएको प्रजिअ पाठकले बताए। डुबानमा परेकालाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा लगेर राखेका छन्। डुबानमा परेका स्थानीय र सुरक्षाकर्मीलाई गाउँपालिकाले निर्माण गरेको सामुदायिक भवन, स्कुल र अग्लो स्थानमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

सुस्ता गाउँ ३ तर्फबाट भारतको बिहार प्रदेशसँग जोडिएको छ। पश्चिमतर्फ नारायणी नदी छ। नदीमा पानी बढेकाले डुंगा चलाएर आफ्नै देशको थप सुरक्षित स्थानमा लैजान असम्भव छ। अग्लो स्थानसमेत डुबानमा परे उनीहरुलाई भारतका अन्य सुरक्षित स्थानमा लैजानुको विकल्प छैन।

यसैबीच सोमबार डुंगाबाट बजार गर्न नदी पारी पक्लिहवा पुगेका ५० स्थानीय अलपत्र परेको स्थानीय रविन्द्र जयसवालले बताए। उनीहरु बेलवानी गाउँमा बसेको जयसवालले बताए। नदीमा पानीको सहत बढ्दै गएकोले सुस्ता गाउँ थप जोखिममा पर्ने सम्भावना बढेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.