काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्
संक्रमित हुनेमा काठमाडौंका ८ र ललितपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ९सय ९४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ४ सय ७७ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९सय ६३ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ७७ जनाको उपचार भइराखेको छ ।