नारायणगढ-मुग्लिन सडक : पहिरो रोकथाम अनिश्चित

नारायणगढ-मुग्लिन सडक : पहिरो रोकथाम अनिश्चित

चितवन : नारायणगढ-मुग्लिन सडक चौडा भएपछि वर्षामा बिना अवरोध सवारी सञ्चालन हुनेमा चालक र यात्रु आशावादी थिए। हिउँदमा निकै आकर्षक देखिएको उक्त सडक अहिले अविरल वर्षासँगै ‘जोखिम मार्ग’मा परिणत भएको छ।

पहिरो खसेर दुर्घटनामा परिने त्रासका बीच यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। एक महिनाअघि नारायणगढ-मुग्लिन सडक खण्डको चार किलोमा ठूलो पहिरो खस्यो। त्यसैको असरले तीन दिनसम्म सवारी जाम भयो। त्यसको ठीक एक महिनामा त्यही ठाँउमा पहिरो खसेको छ। एकतर्फी बाटो सञ्चालन गर्न समेत दुई दिन लाग्यो। ३६ घण्टामा एकतर्फी खुलाइएको सडक चार घण्टा नबित्दै भरतपुर महानगरपालिका २९ स्थित बतासेमा पहिरो खसेपछि पुनः अवरुद्ध भयो। दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो हटाउन गएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित सुरक्षाकर्मी बाटोमै रोकिए।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अस्तव्यस्त छ। जोखिम कम मानिएको क्षेत्रमा पनि पहिरो खसेको छ। जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टले भने, ‘पहिरोले यसवर्ष साह्रै दु:ख दिएको छ।’ केही दिनदेखिको वर्षाले चितवनसहित धादिङ र काठमाडौंसम्मको यातायात प्रभावित भएको छ। सामान्य अवस्थानमा ९ हजार ३ सय सवारी नारायणगढ-मुग्लिन सडकमा गुड्थे। त्यस्तै पृथ्वी राजमार्गबाट करिब १४ हजार सवारी राजधानी छिर्थे।

अहिले मौवाखोलाको सडक भाँसिदा काठमाडौंसँगको सडक सम्पर्क बन्द छ। खाद्यान्न लगायत अत्यावश्यक सामान उक्त सडकमार्फत राजधानी भित्रिन्छ। भारतलगायत तेस्रो मुलुकबाट आउने मालसामानसँगै पूर्व र पश्चिमबाट आउने सवारी बन्द छन्। बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले पहिरो कारण धेरै ठाउँमा सास्ती भएको बताए। ‘वर्षाको कारण कहाँ कतिखेर पहिरो खस्छ भन्ने भर छैन’, उनले भने, ‘पहिरो नजाने भनिएको स्थान हो बतासे, यसैमा ठूलो पहिरो खस्यो।’

जवाङ खोलाले पृथ्वी राजमार्ग सडक भत्काएपछि मुग्लिनतर्फ पनि बाटो रोकिएको छ। यसबाहेक सबै पहिरो सफा गर्न सडक डिभिजन कार्यालय लागेको थियो। ‘एकतर्फबाट पहिरो हटाउँदै जाने अर्को तर्फ पहिरो खस्दै जाने समस्याले हैरानी बनायो। नारायणगढ-मुग्लिन हुँदै मौवाखोलासम्म ठाउँठाउँमा पहिरो खसेर दुःख दिएको छ’, ट्राफिक प्रमुख रानाभाटले भने। फिस्लिङदेखि मौवा खोलासम्मको एक किलोमिटरको दूरीमा मात्रै ११ ठाँउमा पहिरो खसेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.