‘हार्ने डरले हतार हतारमा चुनाव सारियो’

‘हार्ने डरले हतार हतारमा चुनाव सारियो’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते तय गरिएको निर्वाचन सारिएकोमा वरिष्ठ उपाध्याक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलले आपत्ति जनाएको छ। 

ढकाल प्यानलले शुक्रकार पत्रकार सम्मेलन गर्दै चुनावको जोडघटाउ गरेर नै निर्वाचन सारिएको बताए। कोरोनाको बाहना बनाए पनि निर्वाचन हार्ने आँकलन गरेरनै निर्वाचनको मिति सारिएको ढकालको भनाइ छ। महासंघको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा, सम्मेलन, सेमिनार गर्न खुला गरेको १५ दिनभित्र निर्वाचन गर्ने निर्णय गरेको छ।

ढकाल समूहले पदाधिकारीले महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति गैर कानुनी रुपमा स्थगित गरिएको आरोप लगाएका छन्। 

कोरोनाको प्रभाव तथा त्रास विस्तारै कम हुँदै गएको र लकडाउनसमेत खुला भइसकेको समयमा निर्वाचन गर्न सकिने सम्भावना हुदाँहुदैँ निर्वाचन सारिएकोमा ढकाल समूहले आपत्ति जनाएको हो। चुनाव अर्को चैत्रमा गरेपनि फरक नपर्ने भन्दै ढकालले विधि र विधान लत्याएकोमा भने असन्तुष्टि जनाएका हुन्। 
कार्यसमिति बैठकले निर्णय गर्नुपर्ने भएपनि पदाधिकारी बैठकले निर्णय गरेर निर्वाचन धकेल्नु विधिसम्मत नभएको उनको भनाइ छ। ‘महासंघमा गलत प्रवृत्तिको विकास भएको छ’, उनले भने, ‘चैतमा हुनुपर्ने साधारणसभा लकडाउनका कारण गर्न सकिएन। त्यसपछि पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति रह्यो।’

पुरानो नेतृत्व पन्छिने र नयाँ नेतृत्व जिम्मेवारी लिन नचाहदा महासंघ वेवारिसे भएको उनले बताए। ‘मैले महासंघको निर्वाचन पूर्णरुपमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरेर सञ्चालन गरौं भन्दा पदाधिकारी साथीले स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो,’ उनले भने, ‘आफ्नो सार्वजनिक जीवनमा मैले पनि स्वास्थ्यभन्दा महासंघ ठूलो हो भनेर कहिल्यै पनि धारणा राखेको छैन्।’ कोभिडको महामारीमा साधारणसभाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता नगरेको उनले बताए। 

महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले वर्तमान कार्यसमिति विधान अनुरुप अवैधानिक भइसकेको बताए। ‘महासंघको विधान अनुरुप जस्तोसुकै परिस्थितीमा पनि चैतको २८ पछि २ महिनाभित्र गरिसक्नुपर्ने प्रावधान छ,’ उनले भने। 

एशोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले महासंघ पदाधिकारी बैंठकले हतासमा निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको बताए। ‘निर्वाचन अनिश्चित समय रोक्ने पदाधिकारीको निर्णय आउनु आपत्तिजनक छ,’ उनले भने, ‘महासंघले सरकारसँग निर्वाचन गर्न सहमति मागिरहेको अवस्थामा निर्णय नआउँदै चुनाव रोक्नु असल नियत होइन।’

महासंघका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बहुमतको आधारमा हार स्वीकार गर्दै महासंघका पदाधिकारीले चुनाव सारेको आरोप लगाए। ‘महासंघका अध्यक्ष लगायतका केही पदाधिकारीले कोरोनाका कारण देखाउँदै चुनाव रोक्न निर्णय गरेको भनिए पनि आफू हार्ने निश्चित भएपछि चुनाव सारेका हुन्’, उनले भने। महासंघका पूर्वअध्यक्षसहितको पदाधिकारी बैठक भनिए पनि खसीको टाउँको देखाएर कुकुरको मासु बेच्ने काम भएको उनको बुझाइ छ। 

जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार तथा महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष गुणनीति तिवारीले अनिर्णयको बन्दी बनाएर राख्न नहुने बताए। कानुनी उपचारमा गएरै भएपनि नयाँ उपायको खोजी गर्नुपर्ने उनको भनाइ छ। महासंघ नेतृत्व नसच्चिए कानूनी उपचारमा गएरै भएपनि समस्या समाधानको खोजिने उनले दाबी गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.