इटहरी प्रहरीको हिरासतमा बसेका व्यापारीमा कोरोना
इटहरी : इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका एक व्यक्तिमा कोरोना देखिएको छ। विराटनगरका २५ वर्षीय व्यापारीमा कोरोना देखिएसँगै इलाका प्रहरी कार्यालय इटहरीमा रहेका १३ जनाको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ।
प्रहरीले गत साउन ४ गते थुनामा राखेको ती व्यक्तिलाई भोलिपल्टै राजस्वले लगेको थियो। एक दिन थुनामा राखेको ब्यक्तिमा कोरोना पुष्टि भएपछि सँगै बसेका ८ जना थुनुवा र सम्पर्कमा आएका ५ जना प्रहरीको कोरोना परीक्षणको तयारी गरिएको इलाका प्रहरी कार्यालय इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
कोरोना देखिएपछि उच्च सतर्कता अपनाइएको कार्यालयले जानकारी दिएको छ।