७ केजी अफिमसहित ४ जना पक्राउ

७ केजी अफिमसहित ४ जना पक्राउ

दाङ : दाङ प्रहरीले अवैध लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ। राप्ती गाउँपालिका  वडा नं १ भालुवाङबाट चार व्यक्तिलाई पक्राउ गरेको हो।

दाङको भालुबाङको दक्षिणकाली सोल्टी होटेलमा लागु औषध कारोवार भइरहेको अवस्थामा रोल्पा सुनछहरी गाउँपालिका वडा नं २ का लालसिंह विक, हर्कबहादुर घर्ती मगर, लालमण घर्ती मगर र वडा नं ५ का दुजबहादुर रोकालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी प्रमुख गणेश चन्दले अफिमसहित पक्राउ गरिएकालाई आगुऔषध  मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको बताए। उनीहरुको साथबाट कालो पलाष्टिकको पोकाका प्याक गरेर राखेका सात पोकामा रहेको ६ केजी ९६७ ग्राम अफिम, एउटा बलेरो जीप, २२० सिसीको पल्सर मोटर साइकल, पाँच थान विभिन्न मोडेलका मोबाइल बरामत गरिएको प्रमुख चन्दले बताए। 

पक्राउ परेकाको अदालतबाट १० दिन म्याद थप गरेर अनुसन्धान भइहरको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.