८५ खसी बोका प्रहरीको नियन्त्रणमा

८५ खसी बोका प्रहरीको नियन्त्रणमा

परासी : सशस्त्र प्रहरीले १७ लाख बराबरका खसी बोका पक्राउ गरेको छ। 

भारतबाट अवैध रुपमा पश्चिम नवलपरासी भित्राउँदै गरेको अवस्थामा गएराति ८५ वटा खसी बोका पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले जानकारी दिए। 

सुस्ता गाउँपालिका–५ रगरगञ्ज नाकाबाट भन्सार छलेर उक्त खसी बोका ल्याइएको थियो। सूचनाको आधारमा उक्त खसी बोका रगरगञ्जको एक छाप्रोमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उपरीक्षक खनियाँले बताए। 

पक्राउ गरिएका खसी बोका आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

नाकाबाट भारतीय खसी बोका अवैध रुपमा सीमा क्षेत्रमा ल्याएर राख्ने गरिएको छ। त्यसरी ल्याएका खसी बोका कारोबारीले नेपालकै भनेर विभिन्न जिल्लामा पठाउने गरेका छन्। 

पछिल्लो पटक लकडाउन खुकुलो भएसँगै सीमा नाकाबाट अवैध रुपमा नेपालतर्फ पशु चौपाय, लत्ताकपडा र अन्य भारतीय सामानको अवैध कारोबार बढ्दै गएको छ। 

यसैबीच असार महिनामा मात्र भारतबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको करिब १० लाख बराबरका सामग्री बरामद गरेर भन्सार कार्यालय पठाइएको समेत सशस्त्र प्रहरीले जनाएको छ। 

नेपालबाट भारत लैजादै गरेको साढे ४ लाख बराबरको मटर समेत बरामद गरी भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.