अझै चार दिन भारी वर्षाको संभावना
काठमाडौं : अझै दिन तीन/चार दिन भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।जल तथा मौसम विज्ञान विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार रातीबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिनै संभावना देखिएकाले ३/४ दिन नेपालको मनसुन सक्रिय भइ देशको धेरैजसो स्थानमा हल्लकादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने संभावना रहेको छ।'
'भारी वर्षा हुने स्थानका नदी खोलामा पानीको बहाव बढ्ने,पहाडि क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने,सडक तथा हवाई यातायत प्रभावित हुने तथा ढल/ पानीको निकास नभएको ठाउँमा डुबानको समेत जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।
यस्तै मौसम विज्ञान विभागका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बलदी रहि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।सुदूरपश्चिम पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहितको भारी वर्षाको संभावना रहेको जनाइएको छ।