कोरोनाको उच्च जोखिममा खाडी मुलुकका नेपाली

कोरोनाको उच्च जोखिममा खाडी मुलुकका नेपाली

काठमाडौं : खाडी मुलुकमा कोरोना भाइरस (कोभिड १९) को जोखिम उच्च रहेको छ। अन्य देशको तुलनामा खाडी क्षेत्रमा कोरोनोको जोखिम उच्च रहेको हो। 

वैदेशिक रोजगार विभागका अनुार खाडी मुलुकमा काम गर्ने नेपालीको जनघनत्व बढी छ। खाडीमा बस्ने नेपालीमा कोभिड १९ को जोखिम उच्च हुँदा नेपाली समुदाय त्रसित छ। यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ।  

त्यस्तै अफ्रिकी मुलुकमा पनि पछिल्लो समयमा कोरोना भाइरस बढेको छ। संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यो साता त्यहाँ संक्रमणदर केही बढेको गैरआवासीय नेपाली संघले जनाएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो। गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा बस्ने १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ। 

समितिका अनुसार कोरोना सक्रमित करिब ९३ प्रतिशत सन्चो भएर घर फर्किसकेका छन्। ३६ मुलुकमा ३१ हजार १ सय ५० संक्रमित भएकामा २९ हजार २ सय ४३ जना निको भएर घर फर्किसकेका हुन्। 

९३ प्रतिशतभन्दा बढी कोरोना संक्रमणमुक्त भए पनि नेपालीको जनघनत्व बढी भएको खाडी क्षेत्रमा जोखिम कायमै रहँदा नेपाली समुदाय त्रसित छन्।
यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ। समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ।  

यसैबीच विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपाली चार्टड उडानबाट घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.