उदयपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

उदयपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा मिनिट्रकको ठक्करबाट आइतबार दिउँसो एक जनाको ज्यान गएको छ। गाईघाटबाट लहानतर्फ जाँदै गरेको को.१.ख.४६६३ नम्बरको मिनिट्रकको ठक्करबाट घाइते भएका स्थानीय ५५ वर्षीय सनमान कामीको लहान नर्सिङहोममा उपचारको क्रममा ज्यान गएको हो। 

तीव्र गतिमा कुदेको मिनिट्रकको अचानक सापट भाँचिदा पैदल यात्री सनमानको कम्मरमा गम्भीर चोट लागेको थियो । उनलाई प्रहरी चौकी लालपत्ताले उद्धार गरी उपचारका लागि लाहान पठाएको जिल्ला प्रहरी कार्यालयका उदयपुरका डिएसपी गोबिन्द पुरीले जानकारी दिए। 

घटनालगत्तै प्रहरीले घटनास्थलमै रहेको मिनिट्रक र चालक चौदण्डीगढी नगरपालिका ७ का  २४ वर्षीय सुनिल बस्नेतलाई नियन्त्रणमा लिएको उनले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.